बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश नं १ का आन्तरिक मामिलातथाकानुनमन्त्री केदार कार्की द्वारा विषम परिस्थितिकाविच आफ्नो कार्यकालमा महत्वपूर्ण उपलव्धिहरु भएको दावी

बिहिवार, पौष २१, २०७९
प्रदेश नं १ का आन्तरिक मामिलातथाकानुनमन्त्री केदार कार्कीले विषम परिस्थितिकाविचआफ्नो कार्यकालमा महत्वपूर्ण उपलव्धिहरु भएको उल्लेख गर्नुभएको छ । मंगलबार मन्त्रालयमापत्रकार सम्मेलनको आयोजना गरेर मन्त्रीकार्कीले संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिकामार्गमा निरन्तरलागेको बताउनुभएको हो । उहाँको प्रेस नोट जस्ताको तस्तै ः आदरणीय सञ्चारकर्मी साथीहरू, अत्यन्तविषम परिस्थितिमाहामीले २०७८ कात्तिकमाप्रदेश १ को तेस्रो सरकारमा सहभागीहुने अवसर पाएकाथियौँ । हामीएकलबहुमतको सरकार नभई गठबन्धनको सरकार हुनबाध्यथियौँ । गठबन्धनका कारण हामीले अधिकांशकार्यसम्पादनआपसी सहमति, सहकार्य र सम्झौतामा सम्पन्न गर्नुप¥यो । यसबाट पार्टीको घोषणापत्रअनुसारका कतिपयकार्यक्रम गर्ने अवस्थाभएन । तथापिहामी गठबन्धनको मर्म, मूल्य र संस्कारलाई आत्मसात् गर्दै संविधानको रक्षा, अग्रगमन, जनजीविकाका सवाल र समुन्नतिकामार्गमा निरन्तर क्रियाशीलभइरह्यौँ । यसै सन्दर्भमा २०७८ कात्तिक १६ गते आन्तरिक मामिलातथाकानुनमन्त्रालयको जिम्मेवारी सम्हालेपछिका महत्वपूर्ण उपलब्धिनिम्नानुसार भएको सादर जानकारी गराउँदछु । ड्ड विराटनगर महानगरपालिकाभित्रमुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरू र प्रदेशसभाभवन रहने गरी तथाग्रामथान, बुढीगङ्गा र सुन्दरहरैँचाको मध्यविन्दुमा पर्ने गरी मन्त्रीआवासको निर्माणका लागिजग्गाप्राप्तिको प्रक्रिया अगाडि बढेको । ड्ड सातप्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमापहिलो प्रदेश हुन सफलभएको । ड्ड सुशासनआफैँबाट सुरु गरिनुपर्छ भन्ने मान्यतालाई अङ्गीकार गर्दै यस मन्त्रालयलाई आफ्नो कार्यावधिभरि बेरुजुशून्यमन्त्रालयबनाएको । ड्ड प्रदेशको राजधानीविराटनगरलाई डुबानमुक्त बनाउन केसलिया (बुढीनदी)–को व्यवस्थापनतथा रानी–दुहबीकरिडोर निर्माणका लागिगुरुयोजनानिर्माण भई निर्माणप्रक्रिया सुरु गरिएको । ड्ड विपन्ननागरिकलाई निःशुल्ककानुनी सहायताप्रदान गर्न बजेटको विनियोजन गरी कार्यान्वयनका चरणमा रहेको । ड्ड लागु औषधको प्रयोगलाई निरूत्साहित गर्न विभिन्नपुनःस्थापना–केन्द्रलाई अनुदानदिने प्रक्रियामा रहेको । साथै प्रयोगकर्ताहरूलाई निरूत्साहित गर्न लक्षितवर्गको समेत सहभागितामा परामर्श दिने कार्यको तयारी अन्तिम चरणमा पुगेको । ड्ड ‘सुरक्षितयात्रा, सुरक्षित सडक’का लागिप्रविधिमैत्री सडकको निगरानी गर्न यस प्रदेशमा रानीदेखि धरानसम्म सीसी क्यामेराको जडान भइसकेको छ । साथै कोसीदेखि मेचीसम्म जडानको कामप्रक्रियामा रहेको । ड्ड विपत्बाट प्रभावितनिजीआवासहरूको पुनःस्थापनाकालागिप्रदेश सरकारको ३० प्रतिशतलागत सहभागिता रहने गरी बजेटको विनियोजन गरिएको । विपत् प्रभावित ठाँउहरूको नक्साङ्कनको कामभइरहेको । ड्ड ‘प्रहरी सुरक्षितःनागरिक सुरक्षित’भन्ने मान्यतालाई मूर्त रूप दिनप्रदेश नं १ मा प्रहरीकालागिनयाँभवनको निर्माण तथा मर्मत–सम्भारका कामले तीव्रतापाएका छन् । यसै आर्थिका वर्र्षमा १५ वटा नयाँभवननिर्माणका साथै १०४ वटा पुरानाभवनलाई मर्मत–सम्भारका लागि बजेट विनियोजन भई निर्माण तथा मर्मत–सम्भारको काम सुरु भइसकेको । सीमा सुरक्षाकालागिबिओपीको स्थापना गरिएको । ड्ड अनुसन्धानकार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश १ को सम्पर्क कार्यालय स्थापना गर्न बजेटको विनियोजन गरिएको । ड्ड विराटनगर महानगरपालिका र देवानगञ्जगाउँपालिकालाई वारुणयन्त्र हस्तान्तरणका साथै सोलुखुम्बु लगायतकाजिल्लाकालागिखरिदको कार्य अन्तिम चरणमा रहेको । ड्ड संविधानदिवस औपचारिक कार्यक्रममामात्रै सीमितहुने गरेकोमा यस वर्र्ष आन्तरिक मामिलातथाकानूनमन्त्रालयकाआयोजनामाजलवायु परिवर्तनको जोखिमलाई न्यूनीकरण गर्न जोगबनीदेखि वरगाछीसम्म वृक्षरोपण गरिएको । त्यसको संरक्षणको जिम्मा सडक आयोजना र विराटनगर महानगरपालिकालाई प्रदान गरिएको । ड्ड लागु औषधको प्रयोगको न्यूनीकरणका साथै विपद् व्यवस्थापन र नैतिकशिक्षालाई जोड दिई समाजमाजिम्मेवार नागरिक बनाउन ‘हामी स्वयम् सेवी’अभियान सञ्चालनमाल्याइएको । ड्ड विपत् व्यवस्थापनतर्फ विपत् आएपछि सहयोग जुटाउने अभ्यासलाई तोड्दै विपत् आउनासाथ राहत–सामग्रीलिएर पुग्नथालिएको । नागरिकसँगप्रत्यक्ष जोडिएको मन्त्रालयभएकाले नागरिकलाई सरल ढङ्गबाट सेवाप्रवाह गराउन सफलभएको । ड्ड प्रदेशमा रहेका जिल्ला कारागारहरूमामानवअधिकार प्रवर्धन तथाकानुनी सचेतनाकार्यक्रमको आयोजना गरी कैदीबन्दीलाई सचेत गराइएको । ड्ड कारागारमा पुस्तकालय स्थापना गर्न चालु आर्थिक वर्षमा बजेटको विनियोजन गरिएको, प्रादेशिक कारागारको निर्माणका लागि डिपिआर बनाउन बजेटको विनियोजन गरिएको । ड्ड सुरक्षानिकायलाई खरिद गरेको स्कटिङ मोटरसाइकलप्रदेश प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको । ड्ड प्रदेशलाई अधिकार हस्तान्तरण गर्न संघ सरकारसँग निरन्तर खबरदारीका साथै सातै प्रदेशकातर्फबाट संयुक्त रूपमाजनकपुर घोषणापत्र जारी गरिएको । ड्ड प्रदेशनिजामती सेवाअध्यादेश जारी गरिएको । यसै आर्थिक वर्र्षमा ६ वटा कानुनको निर्माण गरी कार्यान्वयनका चरणमा रहेको । ड्ड ‘विपत्–प्रतिकार्य–योजना’अन्तर्गत सुरक्षानिकायलाई आवश्यकतालिमतथापूर्व अभ्याससमेत गराई गाउँगाउँमा सचेतनामूलककार्यक्रम सञ्चालन गरिएको । ड्ड आर्थिक अवस्थाकमजोर भई विभिन्न रोगको उपचार गर्न नसक्नेहरूकालागि राहतस्वरूपको रकम बिरामीको अवस्था हेरी प्रदान गरिएको । ड्ड प्रादेशिकविपत् व्यवस्थापन केन्द्रको डिपिआर बनाउन बजेटको विनियोजन गरिएको । ड्ड जिल्लास्तरमा ‘विपत् गोदाम घर’ स्थापनाका साथै ‘एकीकृत विपत् व्यवस्थापन केन्द्र साझेदारी’कालागि बजेटको विनियोजन गरिएको । ड्ड जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासीजनजातिआन्दोलनकाक्रममा सहादतप्राप्त गर्ने परिवारले रकमप्राप्त गर्न प्रक्रिया सुरु भएको । ड्ड मुख्यमन्त्रीअत्यावश्यककेन्द्र सञ्चालनकालागिजिल्लाप्रहरी कार्यालयलाई अनुदानदिइएको । ड्ड तीनतहकै निर्वाचनतुलनात्मक रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सफलभएको । ड्ड कोरोना–महामारीको नियन्त्रणका लागिआवश्यककार्य गरी तयारी अवस्था सृजना गरिएको । जय नेपाल !
सम्बन्धित खबर