बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

विपन्न बृद्ध÷बृद्धाको न्यानो वन्दै गोपालगौरी

सोमवार, पौष १८, २०७९
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न ८० वर्ष माथिका बृद्ध बृद्धाहरुलाई गोपाल गौरी दिगो विकास प्रतिष्ठानले न्यानो कपडा डवल ज्याकेट वितरण गरेको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमको सकृयतामा आयोजना गरीएको कार्यक्रम वाट २५ जना बिपन्न बृद्ध बृद्धालाई न्यानो कपडा वितरण गरीएको हो । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष शर्माले विपदमा परेका नागरिकहरुका लागि राहत सामग्री देखी न्यानो कपडा वितरण साथै विपन्न परिवारलाई सिप हस्तान्तरण गर्दै समाज सुधारका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आउनु भएको छ । कपडा वितरण कार्यक्रममा वोल्दै वडा अध्यक्ष विष्णु प्रसाद प्रसाईले गौतमो सामाजिक कामको वारेमा खुलेरै प्रसंसा गर्नु भयो । त्यसै गरी सिवसताक्षी नगरपालिकाका समाजसेवी प्रकाश गौतमले इन्दिरा शर्मा आफ्नो स परिवारका सदस्यहरुको विछोडको अवस्थामा आफ्निो सम्पुर्ण जायजेथा एउटा संस्थालाई सुम्पिएर समाज सेवामा लाग्नु भएकी इन्दिर शिवसताक्षी नगरका लागि मात्र नभएर देशकै नमुना महिलाको रुपमा आफुले हेरेको वताउनु भयो । न्यानो कपडा पाएका बृद्ध बृद्धाले इन्दिरा शर्मालाई कहिल्यै नभुल्ने वताउँदै उचित समयमा उचित गतिविधीका कारण इन्दिरा शर्मा र शर्माको नेतृत्वमा रहेको प्रतिष्ठान देशकै नमुना संस्थाको रुपमा रहेको वडा अध्यक्ष प्रसाईले धारणा राख्नु भयो । विपन्न नागरिक छनौटका लागि वडा अध्यक्ष प्रसाईको अग्रसरतामा वडा वाटै भएको वडा सचिव कमला भेटवालले जानकारी गराउनु भयो । विगत १० दिन देखि झापामा अत्याधिक जाडो वढेको छ ।
सम्बन्धित खबर