बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गोपाल गौरीले सम्पन्न गर्यो ७८ दिने ढाका बुनाई तालिम

सोमवार, पौष १८, २०७९
झापा, झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का १८ विपन्न परिवारका नागरिकहरुकालागि अढाई महिने ढाका बुनार्ई तालिम सम्पन्न भएकोछ । शिवसताक्षी नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा सञ्चालित तालिम वाट १८ जना महिलाले सिप हाँसिल गरेका छन । छोटो अवधिको तालिम वाट पुर्ण ब्यवसायिक हुने गरी सिप सिक्ने मौका नमिले पनि आगामिदिनमा थप तालिमको आयोजना हुनेमा सहभागिहरु विस्वस्त भएकाछन । थप सिप हाँसिल गर्दै पुर्ण ब्यवसायी वन्नका लागि एड्भान्स तालिमको आयोजना गर्न आवश्यक रहेको गोपाल गौरी दिगो विकास प्रतिष्ठाकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्मा (गौतम) ले वताउनु भयो । तालिममा प्रशिक्षकको भुमिकामा रहनु भएकी पे्रमकुमारी घिमिरेले तालिम वाट थोरै सिकाई भए पनि उपलब्धिमुलक भएको वताउनु भयोे । वडा अध्यक्ष विष्णु प्रसाद प्रसाईको प्रमुख आथित्यमा सञ्चालित कार्यक्रमलाई प्रतिष्ठानकी आजिवन सदस्य भगवती गुरागाईले स्वागत गर्नु भएको थियो । कार्यक्रममा वोल्दै वडा सचिव कमला भेटवालले कार्यक्रममा वोल्दै गोपाल गौरी दिगो विकास प्रतिष्ठानले तालिमको लागत समेत नउठ्ने गरीकै वजेटमा भए पनि गुणस्तरीय तालिम सञ्चालन गरेकोमा खुसी ब्यक्त गर्नु भयो । प्रतिष्ठानकी अध्यक्ष गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रमलाई सम्वोधन गर्दै थप तालिमको लागि सम्वन्धित निकायमा पहल गर्ने साथै वडा वाट पुर्ण साथ र सहयोग गर्ने वडा अध्यक्ष प्रसाईले प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा तालिममा सहभागीको तर्फ वाट हिमा ताजपुरीयाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिका पुर्व नगर उप प्रमुख भोजकुमारी नेपाल लगायत वडाका वाहाल वाला सदस्यहरुसमेतको उपस्थिती रहेको थियो भने कार्यक्रम प्रतिष्ठानकी कर्मचारी नर्वदा दाहालले गर्नु भएको थियो ।
सम्बन्धित खबर