शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुतर एउटा नियमावलीपारित गर्यो

सोमवार, पौष १८, २०७९
विराटनगर ।प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुतर एउटा नियमावलीपारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेशप्रस्तुत र प्रदेशसभानियमावली २०७४(संशोधन सहित) पारित गरेको हो । बैठकमा आन्तरिक मामिलातथाकानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवाअध्यादेश २०७९ टेवुलभएको छ। कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयताकार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो । हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयताकार्यान्वयन गरिरहेका छौँ, हामीआफै बजेट बनाउने तथाकार्यान्वयन गर्ने गछौं तर, प्रशासनिकरुपमाकर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागिप्रदेश निजामती सेवाअध्यादेश २०७९ सदननभएको बेलाआवश्यक देखिएकाले ल्याएकाहौँ ।’ सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवाअध्यादेश २०७९ र केहीप्रदेश ऐन संशोधनअध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकले केहीप्रदेश ऐन संशोधनअध्यादेश पनिटेवुल गरेको छ । आइतबारको बैठकले तत्कालीनवन, वातावरण तथा भू–संरक्षण मन्त्रीतथाप्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमाशोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामीपौष २५ गते दिनको १ बजे बस्ने छ ।
सम्बन्धित खबर