शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

विर्तामोड–४ मा बाटो स्तर उन्नतीको नाममा बालुवा

बिहिवार, मंसिर १, २०७९
झापाको विर्तामोड नगरपालिका वडा नं. ४ मा बाटो स्तर उन्नत गर्ने अर्थात वाटोमा पुरुवा हाल्ने कार्यक्रम वालुवा छरेर सम्पन्न गरेको स्थानियहरुले गुनासो गरेका छन । वडाको दक्षिणी क्षेत्र हरेक वर्षको वर्षायाममा डुवाउ हुने साथै मान्छे आवत जावतमा समेत असर पर्ने गरेका कारण पुर्व जनप्रतिनिधी कुल प्रसाद संग्रौलाको पालामा तय भएको योजना अन्तर्गत बाटो स्तर उन्नतको काम नव निर्वाचित जनप्रतिनिधीहरुको आगमनकै वर्ष यस्तो लापरवाही भएको पाईएको छ । वडा नं. ४ हर्कलाल मार्गमा सवोवास गर्ने स्थानिय देवी घिमिरेले आफ्नो टोलमा महिलाहरुको मात्र वासोवास वढि भएका कारण आफुहरुले आवाज उठाउन नसक्दा विकासका नाममा छारो टार्ने काम भएको गुनासो गर्नु भयो । वाटोमा बालुवा हालेको देखे पछि स्थानियले गुनासो गर्दा मात्र एक ठाउँमा झारेको वालुवा क्यान्सिल भएको स्थानिय नगेन्द्र आचार्यले वताउनु भयो । त्यस्तै स्थानि पदम प्रसाद सापकोटाका अनुरसार विकास गर्ने वाहानामा वाटो पुरुवा हाल्न वालुवा छरेको हुँदा वडा अध्यक्ष राहुल शर्मालाई हेरिदिन आग्रह गर्नु भयो । त्यसै गरी स्थानिय युवा मनकुमार लिम्बुले वाटोमा आवश्यकताको आधारमा पुरुवा हाल्नु पर्ने ठाउँमा वालुवा हालेको साथै आफ्ना नाता गोता साथै आफन्तको घर अगाडि मात्र बालुवा झारेको देःखेसो पुख्नु भयो । स्थानिय युवा राजेश बस्नेतले पानि पर्दा वाटोमा हालेको वालुवा वगेर सकिने भएको हुँदा काम गराई राम्रंो नभएको वताउनु हुन्छ । सर्प पनि मरोस लठ्ठिपनि नभाँचियोस भन्ने उखान अनुसार काम भएको हुँदा जनतालाई आँखामा छारो हाल्ने काम भएको वताउनु भयो । त्यसैगरी कुमार भेटवालले वाटोमा वालुवा हालेको कुरा स्थानि टोल विकास समितीलाई समेत थाहा नभएको वताउँदै वडाले निर्धारण गरेको योजना सञ्चालन गर्न स्थानियलाई अनुमति दिएको भए राम्रो काम गर्न सकिने धारणा राख्नु भयो । बाटो स्तर उन्नतीको नाममा भएको गुणस्तर हिन कार्यका वारेमा वडा अध्यक्ष राहुल शर्माले आफुलाई केहि पनि थाहा नभएको वताउनु भयो । उपभोक्ता मार्फत गराएको कामका बारेमा अनुगमन गर्नका लागि वडा स्तरिय समिति निर्माण भएको वताउँदै उहाँले भन्नु भयो निर्वाचन लगत्तै त्यसको अनुगमन गरेर काम राम्रो नभएको पाइएमा भुक्तानी नगर्ने समेत वताउनु भयो । वाटोमा वालुवाले मात्र भरिदिदा दुइ पाङ्ग्रे सवारी आवत जावतमा समेत कठिनाई भएको छ ।
सम्बन्धित खबर