शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

विर्तामोड ८ मा पर्ने बरगाछी पुल मर्मत

बिहिवार, कार्तिक ३, २०७९

बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित हर्चना मेथीबारी सडकको बरगाछी पुल मर्मत गरिएको छ । यस पुलको एकपट्टीको भागमा ठुलो खाडल परेपछि केहि दिन देखी सवारी आवत जावत ठप्प भएको थियो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने , वडाध्यक्ष अजय कार्की लगायत जनप्रतिनिधि, नगरप्रहरी र स्थानियको सहभागितामा पुल मर्मत गरिएको हो ।

सबैले खोलामा रहेको बालुवा बोरामा भरेर खाडल पुरीएको हो ।

पुरानै पुललाई मर्मत गरेर तत्कालका लागि प्रयोगमा ल्याईए पनि नयां पुल निर्माण गर्नु पर्ने आवश्यकता रहेकोले यसका लागि योजना बनाएर अघि बढ्ने नगरप्रमुख प्रसाईले बताउनु भयो ।

सम्बन्धित खबर