बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

१२ वर्षपछि फर्कियो खोलो, पीसीएएस (पाथीभरा इन्जिनियरिङ कलेज, झापा ) ले पायो सम्बन्धन

शनिवार, असोज ८, २०७९
default

१२ वर्षपछि फर्कियो खोलो, पीसीएएस (पाथीभरा इन्जिनियरिङ कलेज, झापा ) ले पायो सम्बन्धन । भनिन्छ, " १२ वर्षपछि खोलो पनि फर्किन्छ ।" झापा अर्जुनधारा नगरपालिका -११ नयाँ बसपार्क छेवैमा रहेको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) को हकमा यही भनाइ चरितार्थ भएको छ। निर्माण भएको १२ वर्ष पछि कलेजले सम्बन्धन पाएको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएसँगै सो कलेजका सञ्चालकहरु कक्षा सञ्चालनमा जुटेका छन् । यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पढाइ संचालन हुने सञ्चालकहरु बताउँछन् । दुई समूहमा ४८–४८ जनाको कोटा रहेको छ । १२ वर्षपछि बल्ल आफूहरुले इन्जिनियरिङ कलेज संचालन गर्न पाउने अवस्था बनेको संचालक, अध्यक्ष युवराज प्रसाईंले सुनाए । "हाम्रो कलेजले पनि १२ वर्षपछि बल्ल सम्बन्धन पायो, अब पठनपाठन सुरु हुन्छ " प्रसाईंले भने । कलेज संचालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तयार छ। डेढ विगाह जग्गामा सो कलेज निर्माण गरिएको छ । समयमै संचालन गर्न नपाउँदा आफूहरुले निकै क्षति बेहोर्नुपरेको प्रसाईंले बताए ।सुविधासम्पन्न कक्षाकोठा , आवश्यक अत्याधुनिक ल्याब , दक्ष र विज्ञ प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनको व्यवस्था मिलाई सकिएको प्रसाईंले जानकारी दिए।

default

#यस्तो छ विगत :- "केही गरौं" भन्नेका लागि सरकारको निती असहयोगी बन्दा करोडौंको लगानी ‘बालुवामा पानी’ सरह भएकाे थियो। लगानीकर्ता फड्के किनाराको साक्षी बनेर पुर्पुरोमा हात राखेर बसेका थिए। दृश्यले पनि त्यही झल्काउथ्यो। उनीहरूले बिर्तामोडको टेकबहादुर गिरी बसपार्क नजिकै एक बिघा आठ कठ्ठा जमिन खरिद गरे । अनि सात करोड खर्चेर सुविधा सम्पन्न भवन पनि बनाए। कलेजलाई उनीहरूले ‘पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज’ नाम दिए । आधुनिक डिजाइन भए पनि कलेजको त्यही संरचना रितो बनेको थियो । कलेज चलाउने सपना यतिका वर्ष अधुरै रह्यो। संरचना तयार भएकै समयमा पूर्वाञ्चचल विश्वविद्यालयले सम्बन्धन दिन नसकिने बिबिध कारण रहे। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेका सञ्चालकहरू मौन रहनु बाहेक अर्को विकल्प थिएन। संस्थापन पक्ष बाट आधिकारिक रूपमा CEO अनुज पराजुली ले सम्पूर्ण इन्जिनियरिङ शिक्षा मा अन्तर्राष्ट्रिय गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराखी बहुआयमिक स्तरीयता तयार गरिएको र भौतिक पूर्वाधार र मानव शंसाधनमा गुणात्मक परिमार्जन कोलागि तयार गुरूयोजना बमोजिम नै कार्यहरू भएको र सुलभ शुल्क मा कलेज सञ्चालन हुने उहा बताउनुहुन्छ। नया बिश्व स्तरीय टिचीङ्ग लर्निङ् मेथोडोलोजी, अन्तर्राष्ट्रिय फ्याकल्टी एण्ड स्टुडेन्ट एक्सचेन्ज , ईन्टर्नशिप एण्ड प्लेशमेन्ट सहित छात्रवृत्तिसमेत को सुविधा रहेको पराजुली बताउनुहुन्छ। यो कलेज पूर्वाञ्चल कै गहना र गर्व गर्न लायक हुने कुरामा दुईमत हुने छैन।

सम्बन्धित खबर