बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

धरमपुर बचत तथा ंऋण शहकारी संस्थाको अध्यक्षमा समाज सेबी कुमार शंकर

बुधवार, असोज ५, २०७९

गोविन्द लुवागुन,शिवसताक्षी । झापाको शिवसताक्षी १मा रहेको धरमपुर बचत तथा ंऋण शहकारी संस्थाको अध्यक्षमा स्थानीय समाजसेबी कुमार शंकर चयन हुनुभएको छ ।
संस्थाको १३ औ साधरण सभातथापाँचौ अधिबेशन बाट कुमार शंकर सर्बसम्म तचयन हुनुभएको हो । बिभिन्न संघ संस्थामा आबद्ध रहि सामाजिककाममा सक्रियशंकर दलित अधिकार नगर समन्वय समितिका सल्लाहकार सदस्य तथा संस्थाको पुर्व उपाध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरि संस्थाको अपाध्यक्षमा चन्द्रकुमार खड्का ,सचिबमा नारदमणी रिमाल,कोषाध्यक्षमा जयकुमारी चेम्जोङ सर्बसम्मत चयनभएको निर्बाचन अधिकृत अधिबक्ता पदम रिमालले घोषणा गर्नुभयो । त्यस्तै नवनिर्बाचित कार्यसमिति सदस्यहरुमा क्रमश यामकुमार गुरुङ , निर्माला घिमिरे,चक्रबहादुर माझी, काजीमान बुढाथोकी र साबित्रा ढकाल सर्बसम्मत चयन भएको निर्बाचन अधिकृत रिमालले जनकारी गराउनु भयो ।यस नयाँ कार्यसमितिको कार्यकाल चार बर्षको हुने जनाइएको छ ।

त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकमा लक्ष्मि प्रसाद बजगाई, सदस्यहरुमा प्रेम प्रसाद पोखरेल र उमा कटुवाल चयन हुनुभएको छ । निर्बाचन सम्पन्न गर्न स्थानीय बौधिक ब्यातिmत्व अधिबक्ता पदम प्रसाद रिमालको संयोजकमा तिन निर्बाचन समिति गठन भएको थियो ।

स्थानीय प्रस्तावित फुलबारी रंगशालाको मञ्चमा भएको साधरणसभामा संस्थाका अध्यक्ष दिपकुमार श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । ४७५ जना शेयर सदस्य रहेको यस संस्थामाहाल ८करोड ८ लाख ८१ हजार ४सय ३७ रुपैया वासलत रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ । अध्यक्ष द्धारा प्रस्तुत प्रतिबेदनलाई साधरण सभाको बन्द सत्रले सुझाबसहित पारित गरिएकोे संस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिनुभयो ।
सोही अवसरमा पहिलो पटक सहकारीता पत्रकारिता पुरस्कार बाट स्थानीय संचारकर्मी सेलिङ केसीलाई नगद ५ हजार १सय रुपैया सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो । उहाँलाई संस्थाको गतिबिधिहरु पत्रकारिताको माध्यम बाट प्रचार प्रसार गर्न महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै पुरस्कृत गरिएको र यस प्रकारको सम्मानले पत्रकारहरुमा थप प्रोत्साहन हुने संस्थाका ब्यबस्थापक बिनोद ढकालले बताउनु भयो । पुरस्कृत पत्रकार शिवसताक्षी बाट प्रकाशन हुने एक मात्र पत्रिका सताशीखबर पत्रिकाको सम्पादक तथा सताशी प्रेस क्लबका अध्यक्ष हुनुहुन्छ ।
उक्त कार्यक्रमा गएको बर्ष संस्थामा उत्कृष्ठ कारोबार गर्ने र उत्कृष्ठ कर्जा लिने ४ । ४ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालीकाका शहकारी बिभाग प्रमुख बद्रि दाहाल, तथा निर्बाचन अधिकृत पदम रिमाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित खबर