बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा ‟हामी स्वयसेवी अभियान कार्यक्रम” सुरु हुने ।

मङ्गलवार, भदौ २८, २०७९

झापामा हामी स्वयमसेवी अभियान सञ्चालन हुने भएको छ । आन्तरिक मामीला तथा कानुन मन्त्रालय अन्तर्गत सञ्चालन हुने अभियान झापामा सञ्चालन हुने भएको हो । अभियान सन्चालन तथा व्यवस्थापनका लागि जिल्ला स्तरीय अनुगमन समिति निर्माण भएको छ । समितिको पहिलो बैठक नि.प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने को संयोजकत्वमा वसेको बताइएको छ । नि.प्रमुख न्यौपानेको संयोजकत्वमा ८ सदस्यीय जिल्ला स्तरिय अनुगमन समिति चयन भएको छ । जस अन्तर्गत
संयोजक– नि. प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, सदस्यहरु–प्रहरी उपरीक्षक विश्वमणी पोख्रेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदिप सिह कार्की, उप अनुसन्धान निर्देशक तिलक प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाईको प्रमुख राजकुमार वि क, प्याब्सन प्रमुख गौरीमान फागो, जिल्ला स्काउट प्रतिनिधि सिताराम पोख्रेल, सदस्य सचिव– आन्तरिक मामीला तथा कानुन मन्त्रालय अन्तर्गतका जिल्ला संयोजक सन्देश रिजाल रहेको जनाइएको छ ।
प्रदेश नं. १ अन्तर्गत संचालित ‟हामी स्वयसेवी अभियान कार्यक्रम” जिल्लामा संचालनको लागि जिल्ला स्तरिय अनुगमन समितिले सहजीकरण र अनुगमन गर्ने निर्णय गरिएको अभियान कार्यक्रमका जिल्ला संयोजक सन्देश रिजालले जानकारी दिनु भयो ।
के हो ? हामी स्वयंसेवी अभियान भनेर सञ्चार मञ्चको प्रश्नमा जिल्ला संयोजक रिजालको उत्तर जस्ताको तस्तै ः
‘हामी स्वयंसेवी’ अभियान किशोर अवस्थाका विद्यार्थी लक्षित १ नम्बर प्रदेश सरकारको कार्यक्रम हो । विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जन चेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्नेछ । माध्यमिक तहको ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराइने छ । यसमा प्रदेश १ को करिब २ हजार विद्यार्थी हामी स्वयंसेवी कार्यक्रममा आवद्ध हुने छन् । विद्याथीहरू स्वयंसेवी अभियानको विभिन्न सिर्जनात्मक कार्यक्रममा सहभागी भई विद्यार्थी आफैले नैतिकवान नेतृत्व शैलीको विकास गर्नेछन् । अभियानका माध्यमबाट उनीहरूकै नेतृत्वदायी भूमिकामा रचनात्मक र सिर्जनशिल बनाउँने सीपको विकास गर्दै, आफूमै संभावना वा अवसरको खोजी, स्वःचेतना, स्वयंसेवी, व्यक्तिगत जीवनप्रति आशावादीे भई सफल बन्न प्रेरणा दिने, उनीहरूकै माध्यमबाट समाजमा हुँने गरेका सामाजिक अपराध, संगठित अपराध, राजनीतिक, विपद्, सडक दुर्घटना लगायतका गतिविधी न्यूनिकरणको कार्यक्रम सञ्चालन गरिनेछ ।
हामीले अभियानको उद्देश्य वारेमा संयोजक रिजालसँग बुझ्ने प्रयास गरेका छौँ ।
अभियानले सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत किशोर किशोरीलाई लागु पदार्थ दूव्र्यसनको कुलत तथा प्रयोग गर्नबाट निरूत्साहित गरी नैतिक, जिम्मेवार तथा असल नागरिकको रूपमा सामाजिक दायित्व निर्वाह गर्ने साथै विपद व्यवस्थापन सम्बन्धमा विविध काम गर्न सक्षम बनाउँने छ । विद्यालयमा सचेतना तथा जागरणमुलक कार्यक्रम सञ्चालन गर्दै, लागु औषध दूव्र्यसनको प्रयोगलाई न्यूनिकरण गर्न शैक्षिक चेतनामूलक सामग्री सहित पाठ्यक्रम निमाणर् गर्न स्थानीय तहसँग समन्वय गर्नेछ । किशोर किशोरीलाई वातावरण संरक्षण, विपद व्यवस्थापन तथा नैतिक दायित्व सहितको सामाजिक दायित्व निर्वाह गर्न सक्ने जिम्मेवार नागरिक बन्न उत्प्रेरणा जगाउने छ ।
लागु औषध रोकथाम तथा नियन्त्रणसँग प्रत्यक्ष एवं परोक्ष रूपमा सरोकार राख्ने अन्य सार्वनिक निकायसँग समन्वय गरी कार्य गर्नेछ । विद्यालयमै विज्ञहरूको सहयोगमा लागु औषध तथा विपद व्यवस्थापन सम्बन्धि व्यवहारिक तथा सचेतनामुलक कार्यक्रम सञ्चालन हुनेछ । लागु पदार्थ दुव्र्यसन निराकरण, विपद व्यवस्थपन तथा नैतिक शिक्षा सम्बन्धि तालिम सञ्चालन गर्न सक्ने जनशक्ति तयार गरी परिचालन गर्नेछ ।
के गर्छ ? हामी स्वयंसेवी अभियानले भन्ने प्रश्नको जवाफमा सयोजक रिजालको जवाफ ः
प्रत्येक सामुदायिक तथा संस्थागत (कक्षा ९ देखि १२) का विद्यार्थीलाई समेटी विद्यालयमा १५ जनाको हामी स्वयंसेवी समूहमा बनाउँने छ । यो समूहलाई परिचालन गर्न विद्यालयको प्रधानाध्यापकको संयोजकत्वमा एक कार्यक्रम कार्यान्वयन समिति गठन गर्नेछ । कार्यक्रम कार्यान्वय समितिको प्रत्यक्ष निगरानीमा हामी स्वयंसेवी समुुहको नेतृत्वमा नैतिक सचेतना, लागु औषद दूव्र्यसनको न्यनिकरणको कार्यक्रमसँगै समुदायमा विपद जोखिम न्यूनिकरणको क्षेत्रमा विद्यालय जीवनमै सचेत बनाउँने विभिन्न अतिरिक्त कृयाकलाप सञ्चालन गर्नेछ ।
विद्यालय स्तरमा हुँने किशोर किशोरीको समस्या पहिचान गरी समाधानको लागि सम्बन्धित निकायमा जानकारी गराउँदै शैक्षिक अभियान सञ्चालन गर्न उत्प्रेरणा जगाउँदै, किशोर किशोरी माथि हुुँने हिंसा, दव्र्यवहार, शोषण, विभेद, बाल बिवाह जस्ता बिशंगतीपूणर् क्रियाकलाप रोक्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछ । किशोर किशोरीको आफूभित्र रहेको प्रतिभा तथा खुबीलाई उजागर गर्दै, लागु पदार्थ दुव्र्यसन, चेलिबेटी बेचबिखन विरुद्धको अभियान, सामाजिक कृयाकलाप, प्राकृतिक प्रकोप जस्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काम गर्दछ ।
विद्यालयमा विद्यार्थीका अतिरिक्त क्रियाकलाप चित्रकला, वक्तृत्वकला, वादविवाद, हाजिरी जवाफ प्रतियोगिता, निबन्ध, खेलकुद, कविता लेखन, गीत संगित, नाटक, फोटो प्रर्दशनी प्रतियोगिता गर्नेछ । यसका साथै अन्तरकृया, सकारात्मक सन्देश, र्याली तथा जुलुस, भित्तेलेखन, पर्चा पम्पलेट लगाएको जानकारी मुलक सामग्री वितरण समेत गर्दछ । विद्यालय उमेरमै सामाजिक कृयाकलापमा सहभागी भई विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवाला संयन्त्रसँग समूहको संस्थागत विकासको लागि समन्वय तथा सम्बन्ध बिस्तार गर्ने जनाइएको छ ।
जिल्लामा वन्ने कार्य सम्पादन संयन्त्र कस्तो छ ? संयोजक रिजालको जवाफ ः
हामी स्वयंसेवी अभियान कार्यक्रम सञ्चालन गर्न १४ वटै जिल्लामा जिल्ला स्तरीय अनुुगमन समिति रहने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ८ सदस्यीय अनुुगमन समिति बन्ने छ । समितिको सदस्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, शिक्षा विकास तथा समन्यव इकाईको प्रतिनीधि, प्याव्सन÷एन प्याव्सन÷हिसान प्रतिनीधि, जिल्ला स्काउट वा स्काउट मास्टर र जिल्ला संयोजक सदस्य सचिव रहेन व्यवस्था छ

सम्बन्धित खबर