शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

विर्तामोडमा बृहत रथ यात्रा सम्पन्न निर्माणधिन अतिथि सदन निर्माण हुने पक्का ।

सोमवार, भदौ ६, २०७९

श्री कृष्ण प्रणामी युवा परिसद नेपाल प्रदेश १ जिल्ला कार्य समिति झापा सतगुरु श्री देवचन्द्र सदन युवा परिषदको आयोजनामा गत भाद्र ४ गते बृहत रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ । सतगुरु श्री देव चन्द्र सदन युवा परिषद विर्तामोडका अध्यक्ष दिनोज वजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका नगर प्रमुख वलदेव गोम्देनको प्रमुख आतिथ्यता रहेको थियो । समिति उपाध्यक्ष विदुर खनालले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका पुर्व नगर प्रमुख हरिकुमार राना, श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष टंक ओझा, श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद वजगाई र सारदा थपलिया, श्री कृषण प्रणमी सत्सङ सेवा परिषद झापाका अध्यक्ष मिलन कुमार वस्नेत, अर्जुनधारा नगरपालिका वडा नं. ६ का अध्यक्ष हरिस वाँस्तोला, विर्तामोड नगरपालिका वडा न. ४ का अध्यक्ष राहुन शर्मा, श्री कृष्ण प्रणमी युवा परिषद नेपालका विपत ब्यवस्थापन समितिका संयोजक यज्ञ ढकाल, श्रीकृष्ण प्रणमी यूवा परिषद केन्द्रिय उपमहासचिव सुभाष रिजाल, केन्द्रिय सदस्य द्वय दिपक दहाल, मदन अधिकारी, जिल्ला कार्यसमिति झापाका अध्यक्ष टहलदाश ओली, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति झापाकी अध्यक्ष मिरा अधिकारी ओली लगायत पदाधिकारीहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा झापा जिल्ला तथा अन्तरजिल्लाका करिव १५ सय भक्तजनको सहभागिता रहेको थियो ।

कार्यक्रमका अध्यक्ष वजगाईले रथयात्रा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रम सतगुरु श्री देव चन्द्र सदन युवा परिषदका सचिव दिनेश भट्टराईले सञ्चालन गर्नु भएको थियो ।

सतगुरु श्री देवचन्द्र सदन समिती परिवारको मात्र प्रयासमा अर्जुनधारा नगरपालिका वडा नं. ६ को विहानि टोलमा विषाल अतिथि सदन निर्माणको कार्य धमाधम भइरहेको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नगर प्रमुख गोम्देनले अधुरो भवन निर्माणका निमित्त साझेदारी कार्यक्रमको प्रस्तावना वनाएर नगरपालिकामा पेश गर्न समेत अनुरोध गर्नु भयो । जस्ले गर्दा निर्माणाधिन सदनले पुर्णता पाउने देखिएको छ ।

हिन्दुहरुको विशेष पर्व श्री कृष्ण जन्माष्ठमीको भोलि पल्ट गत भाद्र ४ गते शनिवार दिनको ठिक ३ वजे वाट झापाको अर्जुनधारा नगरपालिका वडा न. ६ को विहानि टोल सतगुरु श्री देवचन्द्र सदन वाट निकालिएको रथ यात्रा विर्तामोड नगरपालिका वडा नं. ५ मा पर्ने पाथिभरा टोल रोड नम्बर तिन हुँदै सनिश्चरे रोड दक्षिण मुक्ति चोक वाट पुर्व पुरानो इलाम स्टेण्ड हुँदै सिटि सेन्टर सम्म पुगेर पुन पुरानो इलाम स्टेण्ड, मुक्ति चोक दक्षिण बिजुलि अफिस अगाडि वाट फर्किएर पुन मुक्ति चोक पश्चिम भएर बजार परिक्रमा गर्दै अदुवा खोलाको पुल पारी पस्चिम बस स्टेण्ड उत्तर अथिति सदन अगाडिको बाटो हुदै पुन सतगुरु श्री देवचन्द्र सदन पुगेर समापन गरिएको छ ।

कार्यक्रममा रथ यात्रासँग सँगै श्री कृष्ण साथै राधा अवतार समेत तयार गरीएको थियो ।

सम्बन्धित खबर