बुधवार, असोज ३०, २०८१
Sancharmanch

अनि उस्कि फुच्चु म !

बुधवार, साउन २५, २०७९

२०७९ श्रावण २५, संझना उप्रेती (समु) प्रवास / कहिले ऊकालो कैले ओरालो बाटो हरुसंगै गफ गर्दै हिडीरहेका थियौ,गफकै बाहानामा मौका पारेर मेरो हात समाऊन खोजीरहेको थियो ऊ ,म थाहै नपाए जस्तै गरी बेवास्था गरि दिन्थ्ये बेला अगाडी आएको कपाल लजाऊदै कानमा सिऊरीदिन्थ्यो,बेला कपडामा धुलो लागेछ भन्दै टक्टक्याईदिन्थ्यो ….खै ऊस्ले ख्याल राखेको देखाऊन खोजेको होकी बोल्ने बाहाना खोजेको हो ..मैले बुझ्न सकिरहेकी थिईन।हुन त त्यो दिन उस्को र मेरो पहिलो भेट नै थियो।मॉघ महिना घॉम लागे पनि हल्का जाड़ों नै थियो।छ महिना पहिले ऊस्को र मेरो भेट साथीको बिवाहमा भएको थियो …मैले लगाएको सारीको खुबै तारीफ गरेको थियो त्यो दिन…। एक छिनको बोलचाल पछि नम्बर साटासाट गरेका थियौ हामीले…त्यो दिन गरेको फोन नम्बर साटासाट ले नै जुराईदिएको थियो हाम्रो यो भेट….त्यसपछि पहिलो चोटीनै भेट्दै थिए ऊस्लाई..फोन र च्याट मै परीसकेको हाम्रो माया पिरती तर औपचारीक रुपमा भेट हुदै थियो ..धेरै कुरा सोध्नु त थिएन मलाई किनकै सबैकुरा थाहै भई सकेको थियो एकअर्का बिचको …जसो जसो हामी हिडिरहेका थियौ त्यो पर मोतीझै टल्किएको फेवाको पानी पनि हामीसगै रोमान्टीक हुदै हिडिरहेको थियो।हेर्दा हेर्दै फेवाको पानीमा आकाशबाट झरेका मोतीहरु टुप्लुक्क टुपलुक्क डुबुल्की मार्न थालीरहेका थिए..तिनै डुबुल्की संगै मन मनै मायामा तैरीदै हिडीरहेका थियौ।त्यपछि त ठूल्ठुला पानिका थोपाले हामीलाई खेदाऊने नै भै हाल्यो।एकास्सी दर्कियो ....छेऊको पसलअगागी रोकियौ ।जाडोले काँप्न थालेछु आछुछु कस्तो जॅाडो है एक्कासी..।पख् है  त फुच्चु…आफ्नो ज्याकेट फुकालेर ओढाईदियो । (हामी एक अर्काले मायाले बोलाऊने नाम राखेका थियौ ऊस्की फुच्ची म तर माया गाडा भए पछि त नाम को पनि नाम हुदो रहेछ फुच्चु भन्थ्यो ऊ मलाई,अनी मेरो पुन्टु ऊ) तपाईंलाई जॉडो होलानी त ?मुस्कुराऊदै उस्ले जवाफ दियो..मेरो जाड़ों त तिमी छेऊमा भएपछि कता जान्छ जान्छ।म लजाए …ऊसको ज्याकेटको बॉस्ना कस्तो मिठो नाकैमा राखे ज्याकेटको बाऊलो ….जाडोसंगै ज्याकेट बाट आएको बास्ना सुघेर पानीका तरगंहरु सगै मिलेर मन मनै ऊस्को मायामा डुबुल्की मारीरहे….एकैछिन त आनन्दित महसुस भयो…एऊटा कुरा भनौ ,झट्ट भन्न मन लाग्यो…..टाऊको हल्लाएर हॅास्यो ऊ….पुन्टु तपाईको ज्याकेटबाट आएको बासना र झरी पर्दा त्यो सुख्खा माटोबाट आएको  रापको बासना ऊस्तै ऊस्तै लाग्यो ,मलाई एकदम मनमर्छ..त्यै भएरै मलाई पानी परेको एकदम मनपर्छ त्यो बासनाको आनन्द लिन । अनि सिमसिम पानी परेपछि त्यै पानीमा रुज्न एकदनै मन पर्छ….ऊसोभए मेरो ज्याकेट आजबाट तिमीनै राख.. ओ हो दिने भए त लान्छु..ज्याकेट किन मलाई नै लैजाऊ न तिमासंगै?यसरी भेट्ने बाहाना बनाऊनै पर्दैन ,संगै भएपछि….दुईजनानै गललल् हॉस्यौ।पानि रोक्ने छाँट थिएन आऊने जाने गाडीले हानेका हिलोको छिटाहरु ले पाईन्ट भरी काला बुट्टाहरु थपि दिदै थियो। मनपर्ने रंग सेतो भएर आजको खास दिनमा लगाएको टिसर्ट भिजेर भित्री बस्त्र सबै छर्लयाग्गै भै सक्यो हतेरीका कुन दिनमा दसालागेर आईएछ ….मनमनै मलाई घरजान आतुर भैसकेको थियो।एकछिन दुबैको मौनता पस्चात ऊसैले मुख खोल्यो..आजको यो दिन पनि ज़िन्दगी भरलाई संम्झना हुनेभो हाहा...हैनत? छड्के नज़र लगाएर हेर्यो...त्यो त पक्कै हो कस्ले बिर्सियोस यो दिन सबै निर्थुक्कै भईयो ,जरै आऊछ आज त पक्का हो!थोरै ऊसंग रिसाएँको जस्तो पारामा भने...म संग रिसाकी हौकी क्याहो अब मैले ईन्द्र भगवान लाई आज बेस्मारी पानी पार्दिनु भनेको थिए …पुर्याईदिनुभयो धन्यवाद है ईन्द्र जि तपाईलाई आकासतिर हेर्दै बरबरायो ...जे पायो तेही के कस्ले दोस दियो फेरी हजुरलाई ऊतापट्टी फर्किए।अनि तिम्लाई त पानि परेको मन पर्छ भन्या हैन अघि अनि किन ठुस्केकी ह भनत् ।मुखबाट आएको खित्कालाई जबर जस्ती पचायो ऊस्ले…..पानी परेको त मन पर्छ तर यस्तो सारो पनि हैन पुरा बाल्टीबाट घोप्ट्याएको जस्तो कस्लाई मन परोस...भैगो छोड् बरु तात-तातो चिया पिऊहै ?मैले ऊत्तर दिनु अघिनै साऊजी  दुईकप तड्का चिया बनाऊनु त? ऊस्ले अर्डर गर्यो …आऊ भित्रै बसौ छेऊ तिरको  कुर्सीमा बस्यौ..त्यो तड्का भनेको चै कस्तो खालको चिया हो? हॉस्दै सोधे...कानकै छेऊमा आएर भन्यो तड्का भनेको ..चिया पिऊने बितिकै हामी दुईको माया यस्तो बेजोड बडोसकी छुटीन मनै नलागोस...खित्त हॉसेर ऊसको कानमा भने...अनि त्यो तड्का त चियावालाले पो बनाको फेरी चियाबाला संग माया सर्लानी ….दुईजानानै गललल हॉस्यौ ,चियावाला दाईपनि फर्केर हेर्न लागे...धत् बॉदरनी के के भन्छे मार्छु अनि...ऊस्ले तॅ भनेको सुन्ने बितिकै झनक्क रिस ऊठ्यो तै पनि केही भनिन हॉसेर टार्दिए।लु लिनु तड्का चिया भन्दै पसलेले कुर्सीमा चिया राख्दिए पुलुक्क ऊस्लाई हेरे फेरी हॉसो रोकीएन यो पाली पनि फेरी बेस्मारी हॉसेको देखेर पसले दाई फर्केर भने सब ठिक छ नी ???ऊस्ले कुरा मोडीहाल्यो ..आज लास्ट पानि पर्यो है दाई ....धेरै पछि यस्तो ठुलो पानी पर्यो भाई बाली नाली सब सखाप पार्ने भो...भन्दै पसले भान्सा तिर लागे...चियाको तातो गिलास हातमा समातेर अलिकति भएपनि जाडो भगाऊने कोसीस गर्दै थिए।टुस्स मेरा नजर ऊस्का ऑखामा ठोक्कीए।ऊ मेरो भिजेको सर्टबाट नजरलाई ज़बरदस्ती भित्र नियाल्न खोज्दै थियो..पापी मोरो मौका त पाऊनै हुन्न फाईदा ऊठाऊन खोजीहाल्छ भित्र भित्रै रिसाए….मैले ऊसलाई हेरेको थाहा पाएपछि नजर घुमाएर भन्यो लौ पानी पनी रोकीएछ अब का जाने भन्….ऊसको कुरो भुईमा झर्न नपाऊदै ..घर ..घर जौ यस्तो भिजेको लुगामा कॉ जानु...आखा झिम्क्याऊदै भन्यो मलाई त भिजेकै लुगा भएनी रमाईलो लागीराको छ तिम्लाई हेर्न हि हि ..कति बदमाश मान्छे के तपाई..ज्याकेट तानेर च्यान लगाए...यहि एकछिन बसौ बरु त्यसपछि घर जौ हुन्न र ?एकछिन सोचमग्न भएपछि भने हुन्छ यहिबसेर खाजा पनि खाऊन त ?मलाई त भोक लाग्या छ।ऊस्ले  चाऊमिन अडर गर्यो दुबैलाई।अनि अब कैले भेट्ने भन्....हॉस्दै पैलो भेट नै ख़तरनाक भयो अब दोस्रो कस्तो हुनेहो..दुबै हॉस्यौ...अनि सधै कॉ पानी पर्छ त।जुरुक्क ऊठेर पाईन्टबाट आफ्नो पर्स निकाल्यो...सुमनको बिहेमा तिम्रो घॉटी खाली देखेको थिए त्यसैले मैले यो सिक्री तिम्रो लागी स्पेसल बनाएको..लब हर्टमा यस लेखिएको सिक्री निकालेर लगाईदियो ..म के भन्नु के नभन्नु अकमक्क परे...ओमाई गड किन यस्तो महग्गो किनेको.... मेरो महंगो मान्छे त तिमीनै हौ यो त तिम्रो सामु केही होईन ...ओमाई गड थ्याक्यु सो मच ऊठेर हग गरे ...ऊस्ले त्यै मौका पारेर गालाका किस गर्यो मैले थाहै नपाएझै गरिदिए  तर पनि अनुहारको रातो रंगले लाजलाई ऊ संग छछल्काई दियो….तर ऊ प्रती अझै माया बढेको महसुस गरे ।लजाएको थाहा पाए पछि कुरा मोडीदियो…मन पर्यो ? हॅास्दै  सोधे के ? सिक्री के बुझेनौ….गललल् हॅास्यो ….तिम्ले के सोचेकी थेऊ त? म मुस्कुराए ….खाजा खाए पछि त्या बाट निस्कियौ हामी…..आऊदा हात समाऊन डराऊने ऊ फर्कीदा सोध्दै नसोधी मेरो हात समाएर मलाई हेरी हेरी हिडीरहेको थियो ऊ …खै किनहो कुन्नी मलाई ऊप् प्रति झन बिश्वास बडेजस्तो अनी मन आनन्दित थियो…ऊत्साह,ऊमगं ले म भित्रको चन्चल पनलाई फुरुग्ग पारीरहेको थियो।

सम्बन्धित खबर