शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

पुर्ब बिद्यार्थीद्वारा सौचालयका सामाग्री सहयोग

मङ्गलवार, साउन १७, २०७९

२०७९ श्रावण १७ झापा, डुडामारी / शिवसताक्षी ७ स्थीत बालसेवा आधारभुत बिद्यालयका एक पुर्ब बिद्यार्थीले उक्त बिद्यालयलाई सौचालयका सामाग्रीहरु सहयोग गरेका छन ।
उक्त सामग्रीहरु बिद्यलयका पुर्व बिध्यर्थी तथा फाक्तेप पुटबल क्लबका सदस्य पवन मगरले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटौती गरि बिद्यालयलाई सहयोग स्वरुप सौचालयका सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गरेका हुन । उनको जन्मदिन एक हप्ता अघि नै भएको भए पनि बिद्यालय बर्खे बिदाका कारण बन्द भएकोले बिद्यालय संचालन पश्चात आइतबार उक्त सामाग्री दिएका हुन ।  समाजमा जन्मदिनको नाममा धेरैले फजुल खर्च  गर्ने  गरेको परमपरालाई तोडदै उनले समुदाय प्रति उत्तरदायीत्व बहन गर्दै सौचालयमा चाहिने सामाग्रीहरु  बाल्टी , जग, ब्रस, हार्पिक, धारा, साबुन लगायतका सामान बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वगुनलाई हस्तान्तण गरेका छन । उनले उक्त बिद्यलयबाट २०६४ सालमा पासआउट भइ उच्च शिक्षाको लागी अन्य बिद्यालयमा गएका थिए । लगनशिल तथा सामाजिक ब्यक्तित्व मगरले पहिलो एनि फाक्तेप फुटबललाई सफलता पुर्बक सम्पन्न गर्न अहम भुमिका निर्बाह गरेका थिए । यहि महिना भित्र बैदेशिक रोजगारको लागी युरोपियन मुलक माल्टा प्रस्थान गर्न लागेका मगरले आगमी दिनमा बिद्यालयलाई थप आवश्यक सामाग्रीहरु सहयोग  गर्ने समेत प्रतिबद्धता जनाएका छन । २०३० सालमा स्थापना भएको यस बिद्यालयमा हाल कक्षा ८ सम्म अङग्रेजी माध्यमबाट पठन पाठन भइरहेको छ ।

सम्बन्धित खबर