शुक्रवार, मंसिर ७, २०८१
Sancharmanch

कोरोना सङ्क्रमतिको उपचारका लागि ७ वटै प्रदेशमा अस्पताल तोकियो

Posted by:
सोमवार, साउन १६, २०७९

काठमाण्डौ । कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पताल तोकेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले सङ्क्रमितको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पतालहरूको नाम तोकेको हो ।

सरकारले तोकेका यी अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोना सङ्क्रमतिको उपचारका लागि तोकिएका अस्पताललाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने जनाएको छ ।

बाग्मती प्रदेशमा कोरोनाका बिरामीको उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेललाई तोकिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तोकिएको छ । मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई तोकिएको छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरि अस्पताल बागलुङलाई तोकिएको छ ।

यस्तै लुम्बिनी प्रदेशका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जलाई तोकिएको छ ।

कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिममा डडेल्धुरा अस्पताल डडेल्धुरा र सेती प्रादेशिक अस्पताल कैलालीलाई तोकिएको सरकारले जनाएको छ ।

सम्बन्धित खबर