बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

रोजगारीका लागी सिप भन्ने मुल नाराका साथ २१ दिने होटल ब्यवसाय सम्बन्धि प्राविधिक तालिम सम्पन्न

Posted by:
आइतवार, साउन १५, २०७९

भरत प्रसाई । होटल ब्यवसायमा युवा समुदायको सहभागिता र रोजगारीका लागी सिप भन्ने मुल नाराका साथ सिटिइभिटीको आयोजनामा २१ दिने होटल ब्यवसाय सम्बन्धि प्राविधि तालिम सम्पन्न गरिएको छ । झापाको बिर्तामोडमा आइतबार एक कार्यक्रमकाबीच सहभागि २ सय विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

युवा पुस्ताको पछिल्लो आर्कषण होटल ब्यवसाय बन्दै गएकाले आत्मनिर्भरमुखी प्रशिक्षण र शिक्षा आजको आवश्यकता रहेको होटल व्यवसायि संघ प्रदेश नम्वर १ का अध्यक्ष राजन दङगालले बताउनु भयो । दिगो र सम्मानित रोजगारीका लागि सिप परियोजना अन्तर्गत इन्डीयन क्युजिङ, फ्रण्ट अफिसर, वेटर लगायत विभिन्न सिप मुलक र आयमुलक प्रशिक्षण दिएर युवाहरुलाई रोजगारीको बाटो खोल्नमा कासे ढुङगा सावित हुनेमा आफु आशावादी रहेको सिटीइभिटीका प्लेसमेन्ट कोअर्डीनेटर राजेश सुवेदीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै झापा होटल व्यवसायि सघंका सल्लाहकार देवीभक्त श्रेष्ठले होटल व्यवसाय आफैमा सेवाको पेशा भएकोले आफुले सिकेको सिपलाई सहि सदुपयोग गर्दै सेवामुखी भावनाले ग्राहको सेवा गर्न आग्रह गर्नु भयो ।

होटल व्यवसायि महासघंको आहवानमा स्प्रीङगडेल कलेज फर हस्पिटालीटी म्यानेजमेन्टको सहजीकरणमा प्राविधिक तालीमको आयोजना गरिएको थियो ।

स्विस सरकारको आर्थिक सहयोग र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर)को प्राविधिक सहयोगमा निशुल्क तालिमको आयोजना गरिएको हो ।

सम्बन्धित खबर