शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

अनुपस्थित बैठकको भत्ता लिएको समाचार भ्रामक भएको खुलासा

मङ्गलवार, साउन १०, २०७९

२०७९ श्रावण १०/ श्रावण ६ गते विभिन्न सञ्चार माध्यममा प्रकाशित, सुविधाभोगी जनप्रतिनिधिस् अनुपस्थित बैठकको समेत भत्ता लिएको खुलासा लगायतको शिर्षक राखेर प्रकाशित समाचार भ्रामक भएको भन्दै विर्तामोड नगरपालिकाले बिज्ञप्ती जारी गरेको छ । गत शुक्रबार विभिन्न सञ्चारमाध्यममा अनुपस्थित हुँदा पनि बैठक भत्ता लिएको समाचार आएको थियो । प्रकाशित समाचारको विषयमा स्प्रष्ट पार्दै नगरपालिकाले सोमवार अर्थात श्रावण ९ गते विज्ञिप्ति जारी गरेको हो । नगरका प्रवक्त अग्नि पाण्डेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ– आर्थिक वर्ष २०७६–०७७ को महालेखा परीक्षणको प्रतिवेदनमा तत्कालिन जनप्रतिनिधि र कर्मचारीहरुको भत्ताको विषयमा जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी प्रदेश कानून निर्माण नभएकोले पछि बनेको प्रदेश कानून अनुसार खाइपाई आएको सुविधामा जम्मा २० लाख ५१ हजार ६८७ रुपैयाँ रकम वेरुजु देखिएकोमा उक्त रकम अघिल्लो वर्ष २०७८ भित्रै फछ्यौट गरी वेरुजु हटाइसकेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछौं ।
यस विषयमा सञ्चारमञ्चसँग कुरा गर्दै विर्तामोड नगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष कुल प्रसाद संग्रौलाले दुःख ब्यक्त गर्नु भयो । कुराकानी गर्दै संग्रौलाले देशको चौथो अङ्गको रुपमा मानिएको सञ्चार माध्यमले सम्वन्धित निकायमा बुझ्दै नबुझि समाचार संप्रेशण हुनु आँफैमा पनि दुःखद भएको वताउनु भयो । संग्रौला दोश्रो कार्यकालका लागि वडा अध्यक्ष पदका उपविजेता समेत हुनुहुन्छ । वेरुजु फर्सोट नगरी चुनावि मैदानमा जान नमिल्ने बताउँदै कपो कल्पित समाचार लेखेर सञ्चार जगतको विश्वास माथिनै प्रश्न चिन्ह उठेको समेत संग्रौलाले वताउनु भयो ।


त्यसै गरी विर्तामोड नगरपालिका वडा नं. ५ का पुर्व वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले समाचार प्रकाशित भएकै दिन आफैँ गएर नगरपालिकाको लेखा साखामा जानकारी लिदा कुनै पनि बेरुजु नरहेको जानकारी प्राप्त भएको वताउनु भयो । यस विषयमा पुर्व नगर प्रमुख ध्रुव कुमार सिवाकोटीलाई समेत जानकारी गराएको वताउँदै पुर्व जनप्रतिनिधीहरुको चरित्र हत्या गर्ने गरी आएको समाचारले नकारात्मक भ्रम मात्र फैलाएको वताउनु भयो । लिंङ्देन दोश्रो कार्यकालका लागि उप विजेता वन्नु भएको थियो ।

सम्बन्धित खबर