बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

साहारा सतासी महिला मौरी मह उद्योगको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

आइतवार, साउन ८, २०७९

२०७८ श्रावण ८/ साहारा सतासी महिला मौरी मह उद्योगको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
श्रावण ७ गते साहरा साकोसको सभा हलमा सम्पन्न कार्यक्रममा निर्वमान अध्यक्ष पवित्रा लिम्बुले देवी कुमारी ओली दाहाल लाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा उद्योगका पुर्व अध्यक्ष लिम्बुले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने वर्तमान अध्यक्ष दाहालले भावि योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।


वि.स २०७५सालमा स्थापित उद्योगले साहारा नेपाल साकोस विर्तामोड, सतासी महिला मौरी पालन सहकारी संस्था शिवसताक्षीको साझेदारीमा सुरु भएको उद्योग २०७८ साल वाट होक्से कृषि सहकारी संस्था बुद्वशान्ती समेतको लगानिमा सञ्चालनमा रहेको छ ।


यस किसिमको लधु उद्योगले स्थानिय महिलालाई आत्मर्निभर बनाउनु का साथै समाजमा महिलाको सहभागीतालाई स्थान दिने संस्थाकी अध्यक्ष देवी कुमारी ओली दाहालले बताउनु भयो । साहारा सतासी महिला मौरी मह उद्योगको पाँच कार्यसमिती मध्ये आज ३ जनाको पद हस्तान्तरण गरीएको थियो । होक्स कृषि सहकारीको तर्फबाट मोहन तिम्सिना, सतासी महिला मौरीपालन सहकारी संस्थाको तर्फबाट सन्तकुमारी सृुनुवार र देवी कुमारी ओली दाहाल चयन हुनु भएको छ । अरु दुर्ईजना सदस्यको चयन हुन बाँकी छ ।


पद हस्तान्तरण कार्यक्रममा प्रमुख अथितीको रुपमा नेपाल सरकार उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं. १ का सचिव माधव प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा सम्बोधन गर्दै सचिव पोख्रेलले उद्योगलाई महका साना साना प्याकेट अर्थात पहुँच निर्माण गर्ने मेसिन ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने समेत वताउनुभयो ।

कार्यक्रममा विषिष्ट अथिति झापामा ब्यवसायिक मौरी पालनका अभिभावक तथा साहारा नेपाल सहकारी संस्थाका कार्यकारी प्रमुख तथा बिशिष्टिकृत सहकारी संघ प्रदेश नं. १ का अध्यक्ष महेन्द्र गिरीको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा मौरीको जिवन चक्र, प्रकृति र मानव विचको अन्तर संवन्ध साथै कृषि वालिमा प्रयोग हुने हानिकारक विषादिको वारेमा साविक जिल्ला कृषि विकास कार्यालय झापा वाट सेवा निबृत्त हुनु भएका वरिष्ठ वालि संरक्षण अधिकृत तथा साहारा नेपाल कृषि उप समितिका प्रमुख कृषि पाविधिक तथा मह उद्योगका सचिव राजेन्द्र प्रसाद खरेलले स्लाइड मार्फत प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा आयातित अस्वस्थकर महका कारण मानव समुदायमा नकारात्मक असर परेको साथै सधैँ एकै नासका कहिल्यै नजम्ने महका कारण नेपाली महले वजार पाउन नसकेको विषयमा समेत चर्चा भएको थियो । मह तापक्रमका कारण जम्ने वताउँदै शुद्ध मह जम्नुपर्ने धारणा मौरी विज्ञहरुले राख्नु भएको थियो । उच्च तापक्रममा प्रसोधन गरेका महहरु तथा मिसावट भएका महहरु नजम्ने कुरा वताउँदै प्रसोधन नगरिएको महमा मात्र मानव शरिरका लागि अत्यावश्यक भिटामिनका श्रोत पाइने पनि जानकारी गराइएको थियो ।

पद हस्तान्तरण कार्यक्रमको अवसरमा उद्योग वाट उत्पादित महको सर्वाधिक विक्रि गर्ने विर्तामोड स्थित किनमेल डिपार्टमेन्ट स्टोर र विर्तामोडकै सतासी बहुमुखी सहकारी संस्था तथा गोर्खा डिपार्टमेन्ट स्टोर लाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । साथै उद्योगका पुर्व सञ्चालक समितिका पदाधिकारीहरुलाई मायाँको चिनो सहित विदाई गरिएको थियो ।

सम्बन्धित खबर