बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै विश्वास गर्दा सोचजस्तो परिणाम आउन नसकेको जिकिर

Posted by:
बिहिवार, साउन ५, २०७९

नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै विश्वास गर्दा सोचजस्तो परिणाम आउन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टीको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपालले स्थानीय निर्वाचनमा गठबन्धनको गीत धेरै बढी गाएकाले सोचजस्तो परिणाम आउन नसकेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले नयाँ पार्टी भएकाले पनि कतिपय स्थानमा चूनाव लड्ने आट नगरेको र केहि स्थानमा तालमेलको सहमति पालना नभएको गुनासो गर्नुभयो । उहाँले आगामी निर्वाचनमा समानुपातिकमा २० देखि २५ सिट प्राप्त हुने र प्रत्यक्ष निर्वाचनमा पनि क्षमता बढ्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकलौटाी ढंगले पार्टी सञ्चालन गरेपछि बाध्य भएर बिद्रोह गरेको जिकिर गर्नुभयो ।

सम्बन्धित खबर