बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गृहमन्त्रालयद्वारा ३२ जना प्रहरी उपरीक्षक एसपी लाई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाको लागी सिफारिस

Posted by:
शनिवार, असार २५, २०७९


शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिर गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।
यस्तो दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन भने ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । उनी १८औं नम्बरमा सिफारिसमा परेका हुन् । विष्टका ब्याजी सबै एसएसपी भइसकेका छन्।्

सम्बन्धित खबर