बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लागुऔषध गाँजा सहित दुई जना पक्राउ

Posted by:
शनिवार, असार २५, २०७९

झापा, २०७८ असार २५ गते ।


झापाको मेचीनगर नगरपालिका १ ज्योतीटोल बस्ने ४४ बर्षीय पदम बहादुर दर्जी र २३ बर्षीय चरण लामिछानेलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको छ । हिजो राती साढे ८ बजे प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागुऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछाने सहितलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर