बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको शिवसताक्षीमा लागुऔषध सम्बन्धि सामुदायीक अभिमुखिकरण कार्यक्रम सम्पन्न

सोमवार, असार १३, २०७९

२०७९ असार १३ गोविन्द लुवागुन, झापा / ३५औ अन्तराष्ट्रिय लागुऔषध दुरुपयो तथा अबैध ओसार पसार बिरुद्धमा लागुऔषध सम्बन्धि सामुदायीक अभिमुखिकरण कार्यक्रम झापाको शिवसताक्षीको डुडामारीमा गरिएको छ ।
डुडामारी स्थित नयाँ गोरेटो प्रतिस्ठान नेपाल र शिवसताक्षी रिकभरी ग्रुपको आयोजना तथा इलका प्रहरी कार्यलय झिलझिलेको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । समाजमा ब्यप्त लागुऔषधको दुब्र्यशनीको प्रयोगकर्ता बृद्धिले गर्दा परिवारले आर्थिक तथा मानसिक तनाब भोग्नु परिरहेको अवस्था दिनानु दिन बड्ने क्रमले गर्दा समयमा नै सचेत गराउन उक्त कार्यक्रमको आयोजना गरिएको नयाँ गोरेटो प्रतिस्ठान नेपालका अध्यक्ष धनबहादुर चेम्जोङले बताउनु भयो । सुखी नेपाली समृद्ध नेपालको सपान ,लागुऔषध मुक्त समाजको परिकल्पना भन्ने मुल नारा सहित आयोजित कार्यक्रमको उद्याटन नगर उपप्रमुख नरमाया कार्कीले गर्नु भयो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै शिवसतक्षी नगर पनि लागुऔषधको अखडाको रुपमा बिकाश भइरहेकोले यसको न्युनिकरण गर्नको लागी बिभिन्न सचेतना मुलक कार्यक्रम गरि युवाहरुलाई जागरुक गराउन आवश्यक रहेको बताउनु भयो ।

यसका लागी नगरले अवश्यक बजेटको प्रबन्ध गरि सहयोग गर्ने आश्वसन समेत दिनु भयो । लागुऔषध प्रयोगकर्ता पनि एक प्रकारको रोग भएकोले यसको पनि उपचार सम्भब रहेको बताइएको छ । साथी भाइको लै लै र पारिवारको कारणले गर्दा धेरै युवायुवती लगाुऔषधको दलदलमा फस्ने गरेको पाइन्छ । यस्ता रोगीहरुलाई परिवार बाट तिरस्कार हैन माया र सदभाबको खाँचो रहेकोले उपचार सम्भब हुने प्रतिस्ठानका अध्यक्ष चेम्जोङले जानकारी दिनु भयो । त्यस्तै कार्यक्रमका अतिथि चेतना नेपालका अध्यक्ष तथा प्रशिक्षक इन्द्र प्रसाद ओलीले लागुऔषध सम्बन्धि हरेक स्थानीयतहले बिद्यालय स्तर देखि नै अध्यापन गराउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो यदि बालबालीका तथा युवा युवती हरुलाई बेलैमा सचेत गराउन सकेनौ भने केहि बर्ष पछि स्थानीय तहको ठुलो बजेट लागुऔषध प्रयोगकर्ताहरुलाई सुधार्नमा नै खर्चहुने अवगत गराउनु भयो ।

त्यस्तै कार्यक्रमका अतिथि तथा इप्रका झिलझिलेका प्रमुख महेन्द्र खड्काले लागु औषधका कारोबारीहरुको निगरानी गरिरहेको बताउनु भयो ।उनले भने पैसाको प्रलोबनमा परेर र अरुको लै लैमा लगेर नै यस्ता प्रतिबन्धीत पदार्थहरुको कारोबारी बडेको बताउनु भयो । यस तर्फ प्रहरी सधै चनाखो रहेको समेत बताउनु भयो। त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि तथा पुर्ब नगर प्रमुख चन्द्रकुमार शेर्मा , पुर्ब उपप्रमुख भोजकुमारी नेपाल ,वडा नम्बर ८का अध्यक्ष सन्तकुमार फेवदिनले आफ्ना बालबालीका हरु कुलतमा फस्न परिवार जिम्मेवार रहेकोले बेलैमा सोच्न आग्रह गर्नुभयो । उनिहरुले भने आफ्ना छोरा छोरीहरुको क्रियकलाप निगरानी सधै गुर्न आवश्यक रहेको समेत बताउदै समाजमा चेतनाको बिकाश गर्न समेत सुझाउनु भयो ।

शिबवताक्षी रिकभरी ग्रुपका बिक्रम लिम्बुले संचालन गरेको कार्यक्रमका संचालन नयाँ गरेटो प्रतिस्ठानका इन्चार्ज बालङ लिम्बुले गर्नुभएको थियो । ३५औ अन्तराष्ट्रिय लागुऔषध दुरुपयो तथा अबैध ओसार पसार बिरुद्धमा शिवसताक्षी रिभरी ग्रुप र नयाँ गोरेटो प्रतिस्ठानले संयुक्त रुपमा बिहान बिभिन्न सचेतना मुलक प्ले कार्ड सहित डुडामारी तथा झिलझिले बजा र परिक्रमा गरेको थियो भने साँझ दिप प्रज्वलन समेत गरेको थियो ।


लागु औषध दुरुपयोगलाई नियन्त्रण गर्नु किन अनिवार्य छ ?
मानिसले प्रयोग गर्ने कुनैपनि औषधी जसको सेवन गर्दा केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्र्तन ल्याउछ भने त्यसलाई लागु औषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउदछ । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागु औषध भनेको कुनै पनि किसिमको रसायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्छ । नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको छ ।बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगिरका छन् ।

भबिस्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुठाउनको लागी चोरी, डकैति , लुटपाट , हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेका छन्। अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठुलो क्षति हुन पुग्छ । अर्कातिर लागु ओषधका कारोबारी ले पनि आफ्नो व्यापार यूवा मार्फत संचालन गर्दै आईरहेका छन् ।


यी सवै कारणहरुले लागु औषध दुरुपयोगलाई नियन्त्रण गर्नु अनिवार्य भएको छ । लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसारलाई अन्तर्राष्ट्रिय रुपमै अपराधको रुपमा हेरिन्छ । लागु औषध दुरुपयोग कुनै एक देशको सीमाभित्र मात्र सिमित रहदैन, यस्को उत्पादन, ओसार–पसार, विक्री वितरण र प्रयोग बिभिन्न मुलुकका बिभिन्न स्थानमा हुने भएकोले यसलाई नियन्त्रण गर्नुमा विश्वकै चासो रहने गर्दछ । यस तर्फ शिवसतक्षी नगरको पनि ध्यन जान आवश्यक रहन्छ नत्र आगमी आर्थिक बर्षको बजेटमा बिकाश निर्माणको बजेट भन्दा धेरै रिकभरी सेन्टर खोल्न धेरै बजेट बिनियोजन गर्नु पर्ने हुन्छ ।

सम्बन्धित खबर