बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दलित समुदाय आफै शसक्त भई कार्यक्रमको गुरु योजनासहित समानताको हक अधिकार स्थापित गर्न लाग्नु पर्ने, मन्त्री दर्लामी

शनिवार, असार ११, २०७९

२०७९ असार ११ /गोविन्द लुवागुन, शिवसताक्षी/ प्रदेश नं. १ का कृषि तथा पशु पन्छि विकास मन्त्री झलकसिंह दर्लामीले दलित समुदाय आफै शसक्त भई कार्यक्रमको गुरु योजनासहित समानताको हक अधिकार स्थापित गर्न लाग्नु पर्ने बताउनु भएको छ ।
असार १० गते झापाको शिवसताक्षी नगरपालिकामा पर्ने दुधेमा दलित अधिकार समन्वय नगर समिति शिवसताक्षीले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत –सम्मान कार्यक्रमलाई सम्बोधन गर्र्दै उक्त कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री दर्लामीले शिवसताक्षी नगरपालिकामा नव निर्वाचित नगर प्रमुख, उप–प्रमुख, जिल्ला समन्वय समिति, कार्य पालिका सदस्य तथा दलित महिला सदस्यहरुलाई स्वागत, सम्मान एंव शुभकामना कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री दर्लामीले शदीआँैदेखि राज्यबाट उपेक्षामा परेका दतिल तथा सिमान्तकृत समुदायहरु आफ्नो हक अधिकार स्थापित गर्नकै लागि विजय भएका हुनाले नगरपालिकाको विकासे गतिविधिहरुमा सहकार्य गर्दै आफ्नो समुदायको विकासमा शसक्त रुपमा लाग्नुपर्ने बताउनु भयो । मन्त्री दर्लामीले आयोजकलाई धन्यवाद व्यक्त गदै समन्वय समितिले दलित समुदायलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ सबैलाई एकै ठाउँमा राखी स्वागत सम्मान गरेकोमा धन्यवाद दिदै प्रदेश सरकारबाट हुन सक्ने सहयोग आफ्नो कार्यकालमा गर्ने बताउनु भयो । मन्त्री दार्लामीले कानुनमा छुवाछुतको संवैधानिक अधिकार भएपनि व्यवहारमा अझैपनि सामनता नभएको भन्दै शिवसताक्षी नगरपालिकामा निर्वाचित भएका दलित जनप्रतिनिधिहरुले त्यस विषयमा जनचेतना अभिबृद्धि गराउन आग्रह गर्दे जनप्रतिनिधिहरु जनतामाझ जवाफदेही भएर काम गर्नुपर्ने बताउनु भएको छ । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि शिवसताक्षी नगरपापिलकाका नगरप्रमुख मेघाहाङ थोप्रा रोशनले दलित अधिकार समन्वय समितिलाई धन्यवाद व्यक्त गर्दै कानूनले दिएको अधिकार जिम्मेवार र कर्तव्यनिष्ठ भई सबैले पलना गर्नु पर्नेमा जोड दिनु भयो । प्रमुख थोप्राले विभिन्न जात जाति, महिला लगायतका संघ संस्थाले तालिम, गोष्ठिका नाममा रकम बुझ्ने तर प्रभावकारी काम गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयोे अब उप्रान्त लक्षित वर्गका लागि विनियोजित रकमले कतिको प्रभावकारी भूमिका निर्वाह ग¥यो त्यसको मुल्याङकन गरेर मात्र रमक विनियोजन गर्ने बताउनु भएकोछ ।
कार्यक्रममा नगर उप–प्रमुख नरमाया कार्की, जिल्ला समन्वय समिति झापाका सदस्य जुनु मोहोरा दतिल समन्वय नगगर समितिका सल्लाहकार संयोजक ज्ञानेन्द्र शंकर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख, उप–प्रमुख लगायत सम्पूर्ण निर्वाचित दलित महिला सदस्यहरु, कार्यपालिका सदस्यलाई सम्मान गरिएको थियो । दलित अधिकार समन्वय समिति शिवसताक्षीका अध्यक्ष खगेन्द्रबहादुर लम्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तकुमार पोर्तेलको रहेको थियो भने सञ्चालन सचिव पूर्ण लकान्द्रीले गर्नु भएको थियो ।

सम्बन्धित खबर