शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

बालसेवा विद्यालयको अध्यक्षमा सञ्चारकर्मी ल्वागुन

बुधवार, असार ८, २०७९

२०७९ असार ८/ झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको अध्यक्षमा पत्रकार समेत रहेका स्थानीय गोविन ल्वागुन निर्वाचित भएका छन् । सोमबार सम्पन्न अभिभावकहरुको भेलाले ल्वागुनको अध्यक्षतामा नयाँ विद्यालय व्यस्थापन समिति गठन गरिएको हो ।
यसैगरि सदस्यहरुमा अशोक शेर्मा, इन्द्रकुमारी राई, कमल पाण्डे, प्रेम रोक्का, भूवन कुमारी शेर्मा , शिक्षक प्रतिनिधितर्फ रेणुका राई र पदेन सदस्यमा शिबसताक्षी–७ का वडाध्यक्ष भवानी बिक्रम चेम्जोङ र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक बेणु कार्की चुनिनुभएको छ ।
ल्वागुन नेकपा (एकीकृत समाजवादी) सम्बद्ध समाजवादी प्रेष संगठन झापाका सहसचिव, सताक्षी प्रेष क्लवका उपाध्यक्ष, सक्रिय पत्रकार सञ्जाल दमकका कार्यसमिति सदस्य लगायतका संघसंस्थाहरुमा आवद्ध रहनुभएको छ ।
सोही विद्यालयमा कखरा सुरु गरेका पत्रकार ल्वागुनले विद्यालयमा यसअघि विद्यालय व्यवस्थापन समिति सदस्य र विद्यालय शिक्षक र अभिबाहक समितिमा नेतृत्वदायी भूमिकामा रहनुभएको छ ।
२०३० सालमा स्थापना भएको सो विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमद्वारा पठन पाठन भइरहेको नवनिर्वाचित अध्यक्ष ल्वागुनले जानकारी दिनुभयो ।

सम्बन्धित खबर