बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडा अध्यक्ष भिष्म मिश्रको पहिलो सफलता स्वास्थ्य शिविर

मङ्गलवार, असार ७, २०७९

२०७९ असार ७/ झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ का नव निर्वाचित वडा अध्यक्ष भिष्म मिश्रको अग्रसरतामा वडामा पहिलो पटक स्वास्थ्य शिविर सञ्चालन भएको छ ।


वडा कार्यालयको आर्थिक सहयोग साथै वि एण्ड सि टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा वडाको चन्द्रलाल चोकमा रहेको गार्गी भवनलाई केन्दै वनाएर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । वडाका आम नागरिकहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा वडाका बालवालिका देखि लिएर बृद्ध बृद्धाहरुले सेवा लिएका थिए । विभिन्न रोगसँग सम्वन्धित विषेसज्ञ डाक्टरहरुवाट फिजिसियन, छाला, दन्त रोग विषेसज्ञ, स्त्रिरोग विषेसज्ञ लगायतका सेवा प्रवाह भएको शिविरले आम नागरिकलाई राम्रो स्वास्थ्य सेवा पुगेको स्थानिय वेदमायाँ कट्टेलले जानकारी दिनु भयो ।


सञ्चाचन गरिएको शिविरमा ७ दिन देखि ८० वार्ष सम्मका १६३ जना नागरिकले सेवा लिएका थिए । आर्थिक वर्ष २०७८÷०७९ अन्तर्गत विनियोजित वडा स्तरिय स्वास्थ्य कार्यक्रम अन्तर्गतको रु २ लाख रकम मध्ये वाट शिविर सञ्चालन गरिएको वडा सचिव मुना निरौलाले जानकारी दिनु भयो ।


स्थानिय वडाका आम नागरिकहरु लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविर विभिन्न चरणमा हरेक टोल टोल सम्म पुर्याउने लक्षसहित कार्यत्रलम अगाडि वढाइएको हो । वडा नं.९ को गार्गी भवनमा आयोजना गरिएको शिविर क्रमस वडाका हरेक टोल र छेत्र सम्म पुर्याइने वडा अध्यक्ष भिष्म मिश्रले जानकारी दिनु भयो ।


जन प्रतिनिधी निर्वाचित भएसँगै हरेक स्थानिय तहहरुमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरी आम नागरिकहरुलाई लाभान्वित हुने गतिविधिहरु सञ्चालन भइरहेका पाईन्छन । यस्तै आम नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम सञ्चालनका लागि नव निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुको पहल समाज रुपान्तरणको अभियानमा एक मतकासाथ अगाडि वढेको देखिन्छ । अर्जुनधारा नगरपालिका वडा नं. ९ मा भिष्म मिश्र वडा अध्यक्ष, सदस्यहरु केशव थापा, गौरिमायाँ चिमरिया(नेपाल), बुद्धिमान लिम्बु, खड्गमायाँ पौडेली(विश्कर्मा) निर्वाचित जनप्रतिनिधीहरु रहनु भएको छ ।

सम्बन्धित खबर