बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेस शिवसताक्षी ५ को कदम प्रति कार्यकर्ता असन्तुष्ट, कारवाहीको माग

बिहिवार, जेठ २६, २०७९

२०७९ जेष्ठ २६/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ नेपाली कांग्रेसका कृयाशिल सदस्यहरु वडाको पाटि नेतृत्व प्रति असन्तुष्टि जनाउँदै नगर कार्य समितिमा कार्वाहिको माग सहित संयुक्त निवेदन दिएका छन ।
२०७९ बैसाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा असहयोग गरेको अभियोग लगाएर कावौहि गरिएको स्थानिय अन्लाइनमा समाचार छापिए पछि आफुहरु निर्दोस रहेको दावि सहित कार्वाहिको सिफारिस गर्ने वडा समितिका सभापति राकेश राजवंशी सहित तत्कालिन वडा अध्यक्ष पदका उमेद्वार पदम बहादुर थापा लाई कार्वाहिको माग गर्दै निवेदन पेस गरीएको स्थानिय टंक प्रसाद मैनालीले जानकारी दिनु भयो । विगतमा पाटिका पुराना निष्ठावान कार्यकर्ताहरुलाई पन्छाएर थापा र राजवंशीले आफ्ना नाता गोता भित्र एकै परिवारका ४ जनालाई पाटिको क्रियाशिल सदस्य सिफारिस गरेको आरोप निवेदनमा उल्लेख गरिएको छ । वडाको पाटि नेतृत्वमा पारिवारिक पहुँच वढान सदस्यता वितरण देखी निजामति कर्मचारीलाई क्षेत्रिय प्रतिनिधी वनाउने लगायतका काममा उमेद्वार थापा र राजवशीले मनोमानि गरेको निवेदनमा उल्लेख छ । जस्ले पाटि सुदृढिकरणमा आचँ पुगेको आसय ब्यक्त गरेको छ । निवेदनमा २०७९ बैसाख २९ गतेको स्थानिय निर्वाचनमा उमेद्वारी छनौट प्रकृयामा समेत विधि र पद्धती विपरित गरीएको उल्लेख गरीएको छ । निवेदनमा नेपाली कांग्रसको विधान अनुसार अनुशासन समितिको काम कर्तब्य र अधिकारको उपधारा ४(क) (ख) र (ग) ले निर्वाचन सम्पन्न भए पछि निर्वाचनको विषयलाई लिएर कार्वाहि गर्न नमिल्ले उल्लेख भए पनि वडा सभापति राजवंशीले विधान विपरित कार्वाहिको समाचार प्रवाह गरेकोमा आपत्ति जनाउँदै पाटिका क्रियाशित सदस्यहरु टंक प्रसाद मैनाली, अमृत बहादुर कटुवाल, सतानुसिं राजवंशी, रतनलाल शाह, खड्ग प्रसाद ताजपुरिया, शन्तोष शाह, चित्र गिरी, सूर्यनारायण राजवंशी, नागेश्वर राजवंशी, उदयभानु शाहले हस्ताक्षर गरेको पत्र नगर कार्यसमितीमा वुझाइएको छ ।

सम्बन्धित खबर