शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

झापाकी उमा जिल्लाकै उत्कृष्ट सौन्दर्य महिला उद्यमी ।

मङ्गलवार, जेठ १७, २०७९


२०७९ जेष्ठ १७/ झापामा लामो समय देखि सौन्दर्य ब्यवसाय गर्दै आउनु भएकी उमा कटुवाल (भण्डारी) जिल्लाकै उत्कृष्ट महिला उद्यमीको रुपमा पुरस्कृत हुनु भएको छ । झापाको बिर्तामोडमा सौन्दर्य ब्युटीपार्लर एण्ड ट्रेनङ्ग सेन्टर की सञ्चालक उमा CTEVT बाट लेबल २ पास गरी मूल्यांकनकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।


नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश न १ को आयोजनामा प्रदेश राजधानी विराटनगरमा आयोजित उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान कार्यक्रममा उद्यमी भण्डारीलाई सम्मान गरीएको हो । होटल स्टर्न स्टार विराटनगरमा आयोजना गरीकाएको कार्यक्रममा प्रदेश नं. १ का ठुला उद्यमीहरुको समेत उपस्थिती रहेको थियो । सम्मानित भण्डारी लाई नगद रु ५० हजार र प्रमाण पत्र सहित दोसल्ला ओडाएर सम्मान गरीएको जनाइएको छ ।

प्रदेश १ का सामाजिक विकास मंत्री श्री राजन राई, राज्यमन्त्री श्री विष्णु तुमहम्फे,सचिव दीर्घराज मैनाली तथा महाशाखा प्रमुख दुर्गा भण्डारी बराल लगायतको सहभागितामा सम्मान गरीएको थियो । प्रदेश १ का २८ जना उद्यमीहरु सम्मानित भएको कार्यक्रममा झापा वाट २ जनाले सम्मान ग्रहण गरेको सम्मानित उमाले जानकारी दिनु भयो । सोहि कार्यक्रम मार्फत झापा भद्रपुरमा खाद्य उद्योग सञ्चालन गर्ने उद्यमी सर्मिला कार्की समेत सम्मानीत बन्नु भएको छ ।

सम्बन्धित खबर