बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

महामन्त्री गगन थापाले अव पार्टी आमनिर्वाचनको तयारीमालाग्न अनुरोध

बुधवार, जेठ ११, २०७९

२०७९ बैशाख ११/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अव पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अव आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको हो ।उहाले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दावी गर्नुभयो । यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उहाले बताउनुभयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको थापाको भनाई छ ।महामन्त्री थापाले अव मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरि अघि बढ्नुपर्ने तर्क गर्नुभयो । त्यस्तै उहाले अवको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले बिशेष ध्यान दिने बताउनुभयो । थापाले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबर