बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

शनिवार, वैशाख ३१, २०७९

२०७९ बैशाख ३१/ नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार १ सय २७ पिसिआर परिक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको हो । १ सय २७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ८९ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर