बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

धनकुटा नगरपालिका वडा नं. ३ मा क्रियापुत्रीले मतदान गरेका छन

शुक्रवार, वैशाख ३०, २०७९

२०७९ बैशाख ३०/ धनकुटा नगरपालिका वडा नं. ३ मा क्रियापुत्रीले मतदान गरेका छन् । धनकुटा नगरपालिका वडा नं. ३ का वडाअध्यक्षका उम्मेदवार समेत रहेका विकास घिमिरे सहितले भाषा मावि मतदान स्थलमा पुगेर मतदान गरेका हुन्। घिमिरेका बुबा हर्क घिमिरेको काजकिरीमा रहेका वडाअध्यक्षका उम्मेदवार घिमिरे, उनका दाजु विजय घिमिरे लगायत ५ जनाले स्थानीय तहको जनप्रतिनिधि चुन्न मतदान गरेका हुन। धनकुटा नगरपालिका वडा नंं. ३ का निवर्तमान वडाध्यक्ष रहेका घिमिरे हाल नेपाली गठबन्धनबाट पुन वडाअध्यक्षका उम्मेदवार बनेका छन्। घिमिरेका बुबा हर्क घिमिरेको २ दिन अगाडि मृत्यु भएको थियो।

सम्बन्धित खबर