बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

धरान ५ र ६ नम्बर वडा संवेदनशील वन्दै

शुक्रवार, वैशाख ३०, २०७९

२०७९ बैशाख ३०/ धरान ६ पानवारीमा विहान ९ वजे मतदान स्थलमा विवाद भएको थियो । निर्वाचन आयोगबाटै खटिएको कर्मचारीले एक पक्षीय रुपमा उम्मेद्धवारलाई सहयोग गरेको भन्दै त्यहाँ विवाद भएको थियो भने आधा घण्टा मतदान नै अवरुद्ध भएको थियो । स्वतन्त्र तर्फका उम्मेद्धवार भुपेन्द्र भट्टराईका समर्थित युवाहरुलाई निर्वाचनमा खटिएका सहायक मतदान अधिकृत हिरा वहादुर खत्रीले सहयोग गरेको भन्दै अन्य दलका उम्मेद्धवारहरुले विरोध जनाएपछि मतदान अवरुद्ध भएको थियो । खत्रीलाई सचेत गराएर मतदान प्रक्रिया शुचारु गरिएको सहायक मतदान अधिकृत गणेश खतिवडाले वताउनु भयो । विहीबार राती स्वतन्त्र तर्फका उम्मेद्धवार भुपेन्द्र भट्टराईले वितरण गर्दै गरेको टिसर्ट सहित वरामद गरी प्रहरीलाई वुझाएको भएपनि प्रहरीले नै छोडेको थियो ।यसैगरि मध्यान्ह १२ वजे धरान ५ को हिमाली माविको मतदान केन्द्रमा पनि विवाद भएको थियो । नेपाली काँग्रेसका उम्मेद्धवार सन्तोष लिम्वू सहितका कार्यकर्ताले मतदान केन्द्रमा विवाद गरेका छन् । त्यहाँ मतदातालाई जवरजस्ती आफ्नो पक्षमा मत हाल्न दबाव दिएपछि विवाद भएको हो । काँग्रेसले मतदातालाई मतदान केन्द्र भित्रै पसेर जवरजस्ती मतदान गर्न दवाव ्््दिएपछि मतदान केन्द्र तनावग्रस्त भएको जनाइएको छ । धरान ५ अति संवेशनशील वडामा पर्छ तर त्यहाँ सुरक्षा कर्मी समेत परिचालन समेत फितलो देखिएको छ ।

सम्बन्धित खबर