बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

भरतपुर मतगणनास्थलमा फलामको बार हाली सुरक्षित

शुक्रवार, वैशाख ३०, २०७९

२०७९ बैशाख ३०/ स्थानीय तहको निर्वाचनका कारण देशकै ध्यान भरतपुर महानगरपालिकामा परेसंगै निर्वाचन आयोगले मतपत्रको सुरक्षामा समेत विशेष प्राथमिकता दिएको छ । विगतमा मतगणनास्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यसपटक गणनास्थलहरूमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।भरतपुर महानगरपालिकाको मतगणना चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुने छ ।दलका प्रतिनिधिले मतपत्र च्यात्न नपाऊन् भनेर मतगणना स्थलमा फलामको बार हालिएको छ । दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो । मतगणनास्थलमा आठवटा सिसी क्यामरा जडान गरिएको छ । अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहेका छन् । यहाँ मतदानको लागि ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् । भरतपुरको मतगणनाको नतिजा आगामी जेठ ५ गतेसम्म आइसक्ने आयोगले जनाएको छ । यसको लागी आयोगले आज राती ९ बजे सर्वदलीय बैठक बोलाएको छ ।

सम्बन्धित खबर