बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

काठमाडौ छाड्ने सर्वसाधारणको भीड

बुधवार, वैशाख २८, २०७९

२०७९ बैसख २८/ स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्नका लागि काठमाडौ छाड्ने सर्वसाधारणको काठमाडौंको बिभिन्न नाकाहरुमा भीड लागेको छ । बैंशाख ३० गते हुने निर्वाचनमा मतदान गर्नका लागि उपत्यकाबाहिर जाने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका छाड्नेहरुले सहज रुपमा सवारी साधन नपाएको गुनासो गरेका छन् । गाडी र यात्रुको चापका कारण बिभिन्न नाकामा ट्राफिक जाम भएको छ । निर्वाचनका लागि सर्वसाधारणहरुलाई सम्बन्धित दल र उम्मेदवारले गाडीको समेत व्यवस्था गरिदिएका छन् । निर्वाचनका लागि उपत्यका छाड्नेको संख्या बिहीबार झन बढ्न सक्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर