बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गठबन्धन धरानको विकासका लागि ुउपहारु

सोमवार, वैशाख १९, २०७९

२०७९ बैशाख १९/ धरान लोकतान्त्रिक बाम गठबन्धन बोनसमा पाएको उपहार भएको धराने मतदाता बताउँछन् । चुनावको घरदैलो कार्यक्रमको क्रममा धरान ६ पानवारीका देवेन्द्र दाहालले भने सबै दलहरू समावेश हुनु सबैका लागि राम्रो पक्ष भएको बताए। उनले भने–‘विगतमा नेकपा एमालेले एकलौटी उपमहानगरपालिकाको नेतृत्व सम्हाल्दा त्यहाँ कर्मचारीतन्त्र हाबी भएको थियो, मनोमानी ढङ्गले कार्यपालिकामा निर्णयहरू गर्ने गरेको, प्रतिपक्ष नहुँदा उनीहरूको मनोबल बढ्दा जथाभाबी निर्णयहरू गर्ने गरेको पाइएको थियो । गठबन्धन त्यस ठाउँमा पुग्यो भने त्यस्तो अराजकता हुँदैन, त्यसैले हामीले गठबन्धनलाई जिताउनुपर्छ ।यस्तै धरान १७ का कमल रार्ईले भने उपमहानगरपालिकामा एकलौटी वर्चस्व तोड्न पनि गठबन्धनको नेतृत्वलाई जिताउन आवश्यक रहेको बताए । उनले भने–‘ गठबन्धनलाई जिताउनका लागि यस पटक हामीलाई अवसर मिलेको छ, विगतको दृष्टान्त दोहोरिन नदिन पनि गठबन्धनलाई जिताउनुपर्छ।’ विनोद आले मगर भन्छन् सबै दलको प्रतिनिधित्व हुँदा सबैले अवसर पाउँछन् भने स्वास्थ्य प्रतिस्पर्धा हुन्छ । सबै पार्टीको योगदान आफ्नो आफ्नो ठाउँमा होला सबैलाई नेतृत्व गर्नु पनि मन होला जसका लागि स्थानीय तहको यो गठबन्धन हामी विकास खोज्नेहरूको लागी अवसर हो । डिबी भट्टराईले हाम्रालाई नहेरी राम्रा नेतालाइै रोजेको बताए ।धरान १४ नेता चिनेर यसपटको भोट गठबन्धनलाई हाल्नु पर्ने तर्क गर्छन् । गठबन्धन यो भन्दा अगाडी पनि प्रयास नभएको भने हैन तर्, हामी गठबन्धनको रसमा डुबेर यसको फाइदाको अनुभूति लिन सकेका छैनौ । अनुभवको लागि पनि त्यसैले यो पटक गठबन्धनको अनुभवका लागि भोट गठबन्धनलाई नै रहेको बताए । यस्तै निश्चल पलिखेले भने हामीले सबै कुराको अनुभव गर्नु पर्छ त्यसैले हामी गठबन्धनलाई रोजेका छौ । आशा छ धेरै दलको मान्छे हुँदा जनसरोकारका र जनवृद्धिका कामहरू हुन्छन् यदि भएन भने पनि हामी आवाज उठाउन सजिलो हुन्छ ।

सम्बन्धित खबर