बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गठबन्धनका नेताद्वारा भ्रष्टाचारमुक्त समृद्ध बिर्तामोड बनाउने उद्घोष

सोमवार, वैशाख १९, २०७९

२०७९ बैशाख १९/ बिर्तामोड । बिर्तामोड नगरपालिकाका नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनका नेताहरुले बिर्तामोडलाई भ्रष्टाचारमुक्त नगर बनाउने उद्घोष गरेका छन् । गठबन्धन दलले सोमबार बिर्तामोड–४ को अन्नपूर्ण चोकमा आयोजना गरेको कोण सभामा बोल्दै बिर्तामोडलाई भ्रष्टचारमुक्त समृद्ध पालिका बनाउने उद्घोष हुन् ।चुनावी घरदैलो कार्यक्रम अन्तर्गत गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले गठबन्धन दलको स्थानीय सरकार बनेमा बिर्तामोड नगरलाई भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता जनाएका हुन् । उनले सरकारले नगरप्रमुखलाई उपलब्ध गराउने गाडी जनताको सेवाका लागि एम्बुलेन्समा परिणत गर्ने र आफू मोटरसाइकल नै प्रयोग गर्ने बताए । गाडी चढ्नै पर्ने भए आफै खरिद गर्ने उनले बताए । राज्यले उपलब्ध गराउने रकमको आधा हिस्सा विपन्न वर्गका बालबालिकाको पठनपाठनमा खर्च गर्ने सिटौलाले घोषणा गरे । विलासी जिवन बिताउन र कमाउनका लागि राजनीति नगरेको भन्दै सिटौलाले विशुद्ध जनताको सेवा गर्न अनवरत राजनीतिमा होमिएको बताए ।खेल क्षेत्रको विकासका लागि पाँच बर्षे कार्यकालमा डोमालाल राजवंशी रंगशालालाई व्यवस्थित बनाईछाड्ने सिटौलाले प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा राष्ट्रिय स्तरको खेल आयोजना गर्ने पनि बताए । बिर्तामोड–३ का निवर्तमान वडाध्यक्षसमेत रहेका सिटौलाले राजनीतिमा इमान्दारिता आवश्यक रहेको बताउँदै गठबन्धन वर्तमान समयको माग रहेको धारणा राखे । उनले गठबन्धनका नेताहरुलाई बिना संकोच भोट गरी जिताउन सम्पूर्ण मतदातालाई आग्रह गरे ।कोणसभालाई सम्बोधन गर्दै उपप्रमुख पदका उम्मेदवार चन्द्रप्रसाद (सिपी) कडरियाले बिर्तामोडलाई प्रविधिमैत्री नगरको रुपमा स्थापित गरिने बताए । हरेक क्षेत्रलाई प्रविधीसँग जोडेर सेवाग्राहीको समय र पैसाको बचत गरिने उनले प्रतिबद्धता जनाए । आफु जनप्रतिनिधी नभएपनि नगरको विकासका लागि एक दशकदेखि लागि रहेको बताउँदै जनप्रतिनिधी बनाएर थप जिम्मेवारी प्रदान गर्न मतदातालाई आग्रह गरे ।कार्यक्रममा बिर्तामोड–४ का निवर्तमान वडाध्यक्षसमेत रहेका वडाध्यक्ष पदका उम्मेदवार कुलप्रसाद संग्रौला, महिला सदस्य पदका उम्मेदवार सरिता मगर, दलित महिला सदस्य पदका उम्मेदवार आशा परियार, वडा सदस्य पदका उम्मेदवारहरु गोपीकृष्ण अधिकारी र राजु राजवंशी (सन्तोष), नेकपा माओवादी केन्द्र झापाका सहइन्चार्ज ज्योतिसिं दर्लामी, बिर्तामोड गठबन्धन चुनाव प्रचारप्रसार समिति संयोजक लक्ष्मी आचार्यलगायत कार्यकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर