बुधवार, साउन ९, २०८१
Sancharmanch

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सोमवार, वैशाख १९, २०७९

२०७९ बैशाख १९/ मोरङको कानेपोखरी गाउँपालिका(७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १(०२(०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका(१६ का रुपक श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर