बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

२०७४ सालमा मेयरले दिएको सेतो रुमाल वडा अध्यक्ष संग्रौला द्वारा फिर्ता

आइतवार, वैशाख १८, २०७९

२०७९ बैसाख १८ / विर्तामोड नगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष कुल प्रसाद संग्रौलाले मेयर ध्रुव कुमार सिवाकोटीलाई सेतो रुमाल फिर्ता गर्नु भएको छ । २०७४ सालको स्थानिय निर्वाचनमा विजय हाँसिल गरेका नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षहरुलाई निर्वाचि नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले सेतो रुमाल वितरण गर्नु भएको थियो । विर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरुको कार्यकाल समाप्त हुनै लाग्दा विर्तामोड नगरपालिकाको ५ वर्षे प्रगति विवरण पुस्तक सार्वजनिक समारोहका विच नगरप्रमुख ध्रुव कुमार सिवाकोटीले २०७४ सालमा वितरण गरेको सेतो रुमाल फिर्ता गर्ने प्रसग उठाए पछि विर्तमोड नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुल प्रसाद संग्रौलाले सेतो रुमाल फिर्ता गर्नु भएको हो । नगर प्रमुख सिवाकोटीले सम्पुर्ण वडा अध्यक्षहरुलाई वितरण गरिएको सेतो रुमाल कुनै दाग नलागि ५ वर्षे कार्यकाल कटाउन सफल भएको निसानि हुने भन्दै भ्रष्टचार मुक्त र सुसासन कायम भएको नगरपालिका स्थगापनाका लागि सेतो रुमालले भुमिका निर्वाह गर्ने समेत वताउनु भयो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष संग्रौलाले मात्र सेतो रुमाल नगर प्रमुखले माग्ने वित्तिकै बुझाउन सफल हुनु भयो भने अन्य वडा अध्यक्षहरु कसैले पनि सेतो रुमाल फिर्ता गर्न सक्नु भएन ।

वडा अध्यक्ष संग्रौला विर्तामोड नगरपालिका वडा नं. ४ को विकास र संमृद्धिमा विना भेदभाव सम्पुर्ण नागरिकहरुलाई एकै ठाउँमा राखेर सेवा गर्दै विना विवाद ५ वर्षे कार्यकाल सम्पन्न गरी दोश्रो कार्यकालका लागि पुन वडा अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फ वाट उमेद्वारी दिनु भएको छ ।

सम्बन्धित खबर