बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ई.ओ.सि.नेपालले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने

शनिवार, वैशाख १७, २०७९

२०७९ बैशाख १७/ निर्वाचन पर्यवेक्षण समिति नेपाल (ई.ओ.सि.नेपाल) ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो । ई.ओ.सि. नेपालका अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको बताउनुभयो । उहाले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाईसकेको जानकारी दिनुभयो । निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरु खटिने अनुमान रहेको उहाले बताउनुभयो । निर्वाचनको क्रममा ईओसि नेपालले विभिन्न क्षेत्र र विषयगत रुपमा आफ्नो ध्यान केन्द्रित गर्ने पनि जनाएको छ । ईओसि नेपालले निर्वाचनको क्रममा निर्वाचनमा उमेद्वारी चयनदेखि मत परिणामको घोषणासम्मका प्रकृया र गतिविधिहरु नियाल्ने जनाएको छ ।

सम्बन्धित खबर