बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

खोलामा डुवी बालिकाको मृत्यु

शनिवार, वैशाख १७, २०७९

२०७९ बैशाख १७/ मोरङको बुढीगंगा गाउँपालिका(२ स्थित बुढीखोलामा डुवी बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे स्थानिय मजुलम मियाको ८ बर्षीया छोरी रुसिना खातुन दिदी सुहाना खातुन संगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकि थिइन । बेपत्ता भएकि रुसिनाको तत्काल स्थानियबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तलास गर्ने क्रममा सोही स्थानमा डुवी मृत अवस्थामा लाश फेला पारेको हो । मृतक बालिकाको लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर