शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

चोरीमा संलग्न ३ जना पक्राउ

शनिवार, वैशाख १७, २०७९

२०७९ वैशाख १७/ मोरङको बिराटनगर महानगरपालिका(६ स्थितबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर(८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर(११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर(१२ का २२ बर्षीय पवन रविदास रहेका छन । हिजो बिहान वडा प्रहरी कार्यालय ९क० बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर(६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को।२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समान सहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा वि।न। १ ह ००९३ नम्वर र को। १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खबर