बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार, वैशाख १६, २०७९

२०७९ बैशाख १६/ नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ७ सय ७८ पिसिआर परिक्षणका क्रममा १३ जना र ९ सय ९३ एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय १२ जना निको भएका छन् । हाल नेपालमा २ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर