बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

सोमवार, वैशाख ५, २०७९

२०७९ बैशाख ५/ झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका(१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका( ८ स्थित नवदुर्गा सुनचाँदी पसल संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका(७ तेह्रथुम घर भई विर्तामोड(८ स्थितमा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धन बिर बराल रहेका छन । आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर