बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

सोमवार, वैशाख ५, २०७९

२०७९ बैशाख ५ झापाको दमक नगरपालिका(४ जनचेतना टोल स्थितमा ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गईरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ बर्षीय सुजन बि।क। ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईते भएका बि।क।लाई ट्रयाक्टर चालक र सवारी धनीले मोरङको उर्लाबारीमा रहेको अरनिको अस्पताल लगेकोमा उपचारको क्रममा हिजो दिउँसो सभा १ बजे बजे मृत्यु भएको थियो । घटनाबारे जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई सवारी धनी मोरङ उर्लाबारी(५ का ४४ बर्षीय अशोक लिम्बु र चालक झापा दमक नगरपालिका(४ का दिपेन कुरकोटीलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित खबर