बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अबैध लत्ताकपडा र समान बरामद

सोमवार, वैशाख ५, २०७९

२०७९ बैशाख ५/ अबैध लत्ताकपडा र समान बरामद मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका(७ स्थितबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ भने बिराटनगर(१६ स्थितबाट ४ लाख ९ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खबर