बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

खोलामा डुबी बालिकाको मृत्यु

शुक्रवार, वैशाख २, २०७९

२०७९ बैसाख ०२/ ओखलढुंगाको चम्पादेवी गाउँपालिका(२ स्थित लिखु खोलामा डुबी बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे चम्पादेबी(२ का भोज बहादुर मगरको ९ बर्षीया छोरी अन्जुली मगर घर नजिकै रहेको लिखु खोलामा साथीहरु संग नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर