बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार, वैशाख २, २०७९

२०७९ बैसाख ०२/ नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो । ८ सय ७३ एन्टीजेन परिक्षणमा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । त्यस्तै थप ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ५९ निको भएका छन् । हाल नेपालमा ४ सय ३८ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर