बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

आइतवार, चैत २७, २०७८

२०७८ चैत्र २७/ गते पाँचथरको हिलिहाङ गाउँपालिका(७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना।२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका(१ का २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको हो । घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्याल पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको हो ।

सम्बन्धित खबर