शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

वडाका जेष्ठ नागरिक सम्हान गर्दै मनोज खुलाल

शनिवार, चैत २६, २०७८


२०७८ चैत्र २६ झापाको शिबसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान तथा झुल बितरण गरण गरी अनुकरणिय काम गर्नुभएको छ ।
गत शुक्रबार वडामा रहेको धनन्जय सामुदायीक भवनमा आयोजीत कार्यक्रममा १ सय ७० जना जेष्ठ नागकिहरुलाई दोसल्ला ओडाएर झुल हस्तान्तरण गरिएको वडा अध्यक्ष कार्कीले वताउनु भयो । ७० बर्ष देखी माथीका १ सय २ वर्षसम्मका जेष्ठ नागरिकहरुलाई सम्मान तथा झुल बितरण गरिएको वडा सचिब बिमलबास्कोटाले जानकारी दिनु भयो । वडाको सामाजीक बिकास कार्यक्रम अन्तरगत सम्मान तथा झुल बितरण गरिएको कार्यक्रममा १ सय २ बर्षिया बृद्धा ज्ञानीमाया भण्डारीलाई सम्मान तथा झुल बितरण गरेर कार्यक्रम सुभारम्भ गरिएको थियो ।


उक्त कार्यक्रम बृद्धबृद्धाहरुलाई एक आपसमा भेटघाट तथा पुनरताजकी गराउने उदेश्यले समय सापेक्ष अहिले गर्मि बढिरहेको र लाम्खुटेको टोकाइ वाट हुने संक्रमण वाट सचेतना अपनाउदै केहि राहत हुने उध्येश्य राखेर झुल बितरण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनु भयो । उहाँकाअनुसार जेष्ठ नागरिक समाजका जिउदो इतिहास र तिर्थको रुप भएकोले उहाँहरुको सम्मान गर्ने सके मात्र समाज रुपान्तरण हुने भएकोले जेष्ठ नागरिकहरुलाई गरिएको हो ।
कार्यक्रमका प्रमुखअतिथि जेष्ठ नागरिक वडा समितिका अध्यक्ष धनबहादुर राईले वडाले जेष्ठ सदस्यको लागी गरेको यो कार्य प्रशंशा योग्य रहेकोले नगरकाअन्य वडाले पनि सिको गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो “जेष्ठ सदस्यको लागी नगरको आर्थिक सहयोगमा जेष्ठ नागरिक नगर समितिले पनि बिभिन्न कार्य र सहयोग गर्दै आएकोले बजेटमा बृद्धि गरि जेष्ठ नागरिक मैत्रि काम गर्न गर्न जरुरी छ ।” सम्मान कार्यक्रममा सहभागि जेष्ठ नागरिकहरुले सम्मानसँगै अत्यावश्यक सामाग्री झुल पाएपछि खुशिहुदै वडाबाट थप जेष्ठ नागरिक लक्षित सहयोगको अपेक्षा गर्दै अध्यक्ष कार्कीले नगरको नेतृत्व गर्नु पर्ने धारण राख्नु भएको थियो ।
सम्मान कार्यक्रममा नेकपा (एकिकृत समाजबादी) शिबसताक्षी नगर उपाध्यक्ष मुक्तिनाथ गुरागाई, शिबसताक्षी उद्योग बाणिज्य संघका कोषाध्यक्ष रोजी लुइटेल, नेपाली काँग्रेसका वडा सभापति भिम ताजपुरिया, नेकपा एमाले जिल्ला कमिटि सल्लहाकार सदस्य बिष्णु खतिवडा, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिबसताक्षीका सभापति नारायण दाहाल, लक्ष्मी गुरागाई, उषादेबी खड्का, गंगाराम खनाल लगायतले कार्यक्रमको शुभकामना मन्तब्य राख्दै अध्यक्ष कार्कीले ल्याएको कार्यक्रम वडामा मात्र नभएर नगरमै नमुना भएको वताउनु भयो । साथै वडा सदस्य बद्रिनाथ खनालले स्वागत गरेको कार्यक्रम वडा सचिव बिमल बास्कोटाले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर