बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिबन्धीत लागुऔषध सहित १ जना पक्राउ

शुक्रवार, चैत २५, २०७८

२०७८ चैत्र २५/ प्रतिबन्धीत लागुऔषध सहित १ जना पक्राउ झापाको मेचिनगर नगरपालिका (६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका(९ का २५ बर्षीय राजिव रायमाझि रहेका छन् । हिजो दिउसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले टोलीले चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका रायमाझिको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर