बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

शुक्रवार, चैत २५, २०७८

२०७८ चैत्र २५/ मोरङको उर्लाबारी नगरपालिका(४ आईतबारेमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । हिजो राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका(३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने पिकअप र चालक उर्लाबारी(४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित खबर