शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

भन्सार छलि गरि नेपाल भित्राएर नक्कली नम्वर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद

बिहिवार, चैत २४, २०७८

२०७८ चैत २४/ प्रहरीले भन्सार छलि चारी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्वर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ । भारतीय नाकाबाट बिभिन्न मोटरसाईकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोवार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाईकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिनुभयो । सस्तोमा मोटरसाईकल बिक्रि गर्ने भन्दै केहि व्यक्तिले ग्यारेजमा मोटरसाईकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोईरालाले बताउनुभयो । नेपालमा बिक्रिबितरण नै नभएका करिव पाँच लाख पर्ने वुलेटका नयाँ मोडलहरु नै नेपालको नम्वर प्लेटमा दुई लाख सम्ममा बिक्रि गर्न खोजिएको उहाले जानकारी दिनुभयो ।बरामद भएका करिव २१ लाख मुल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाईकललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर