बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नाकामा बढ्न थाल्यो कारोवार

मङ्गलवार, चैत २२, २०७८

२०७८ चैत्र २२/ कोरोना कहरले लामो समय सीमा क्षेत्रका सुनसान बनेका बजारहरुमा पछिल्लो समय व्यवसायिक चहलपहल बढ्न थालेको छ । पूर्वी नाका काँकाडभिट्टाबाट पूर्ण खोपको प्रमाणले आवातजावत गर्न पाइने भए पछि सो क्षेत्रका बजारमा कारोबार समेत बढ्न थालेको छ ।पूर्वी नेपालको काँकडभिट्टा रानीगंज नाका क्षेत्रको दुवै देशका बजारहरु झण्डै दुई बर्ष सुनसान जस्तै बन्यो । तर तेस्रो लहरको कोरोना भाइरस नेपाल र भारतमा समेत कम हुँदै गए पछि हाल आएर नाका क्षेत्रका बजारहरुमा भिडभाड बढ्न थालेको छ ।भाइरस कम भएसँगै भारतबाट हुने आयात समेत बढेको छ । गत आर्थिक बर्षमा फाल्गुण मसान्तसम्म ७ अर्व रुपयाँ भन्सार असुली भएकोमा यो बर्ष बढेर लक्ष्य भन्दा धेरै ११ अर्व पुगेको मेची भन्सार कार्यालय झापाका प्रमुख केशवराज ओलीले बताउनु भयो ।अझै पनि नाका क्षेत्रमा आवात जावात गर्ने यात्रुहरुको कागजात परिक्षण भने भइरहेको छ । आवात जावात गर्नेहरुमा खोप नलगाइएकाहरुको एन्टिजेन परिक्षण गरिरहेको भए पनि एक महिना देखि यता पोजिटिभ भने नभेटिएको सीमा क्षेत्रमा स्वास्थ्य परिक्षणमा खटिनु भएकी शान्ता भण्डारीले बताउनु भयो ।पूर्वी नेपालको दोस्रो ठूलो काँकडभिट्टा नाकाबाट पछिल्लो समय दैनिक हजारौंको संख्यामा मानिसहरु आवात जावात गर्न थालेका छन् । यसले व्यापारिक कारोवार बढ्न थाले पनि तेस्रो मुलुकमा पुनःबढ्न थालेको कोरोनाको जोखिम पनि बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

सम्बन्धित खबर